Techie IT
२०८१ फागुन १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थखपत कम हुँदा दूध किसानले पाएनन् भुक्तानी

खपत कम हुँदा दूध किसानले पाएनन् भुक्तानी


काठमाडौँ । खपत कम हुँदा दूध किसानले समयमै भुक्तानी पाउन नसकेको उल्लेख गर्दै नेपाल डेरी एसोसिएसनले चाडपर्वमा दूधको खपत बढाउन आग्रह गरेको छ । बजारमा दूध तथा दुग्ध पदार्थको माग कम हुँदा दूध बिक्री गर्ने कम्पनीहरुले किसानलाई समयमै भुक्तानी नसकेको एसोसिएसनको भनाइ छ ।

एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले अर्बौं रकम बराबरको धुलो दूध र बटर ‘स्टक’ हुँदा किसानको समयमै भुक्तानी नपाएको बताए । दूधको खपत कम हुँदा ‘मिल्क होलिडे’ रोक्न डेरी उद्योगले किसानको दुध निरन्तर खरिद गरी पाउडर दुध बनाएर राख्नुपर्ने बाध्यता बनेको र पाउडर बनाउँदा बटर पनि निस्कने हुँदा हाल डेरीमा ‘स्टक’ भएको उनको भनाइ छ ।

आर्थिक मन्दी, लम्पी स्किन रोग, सहरबाट मानिस विस्थापनलगायतका कारणले दूधको माग कम भएको र नेपालको उत्पादन भारतको भन्दा केही महँगो भएर भारतको सीमाबाट नेपाल दुध तथा दुग्ध पदार्थ आयातका कारणले पनि नेपाली किसान मर्कामा पर्दै आएको उनले बताए ।

“दसैंको मुखमा भुक्तानी नपाउँदा गाई भैँसीलाई नियमित दाना पानीसमेत खुवाउन किसानलाई कठिन भएको छ । सामान स्टक भएर चालु पुँजी नभएका कारण डेरी उद्योगमा यस्तो आर्थिक समस्या भएको छ”, अध्यक्ष दाहालले भने ।

उनले दसैंमा दूध र दुग्धजन्य पदार्थको खपत बढाउन आग्रह गर्नुभयो । “किसान र उद्योग बचाउनु सबैको कर्तव्य हो । त्यसैले चाडपर्वमा दूध तथा दुग्ध पदार्थ बढीभन्दा बढी खपत गर्ने र कतै जाँदा कोसेलीको रूपमा पनि दूध तथा दुग्ध पदार्थ नै लगी किसान र उद्योग बचाउने अभियानमा साथ दिन आम जनसमुदायलाई आग्रह गर्दछौँ”, अध्यक्ष दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अतिथिलाई मायाको चिनो दिँदा पनि दुध तथा दुग्ध पदार्थ नै प्रयोग गरिदिन र सहकारीका सदस्यलाई यातायात खर्च बापत दिइने रकमको सट्टामा पनि घिउ, पनिर, गुद्पाक, पुस्टकारी, छुर्पी, खुवाआदि वितरण गरी आम किसान र उद्योगलाई सहयोग पुर्याउन पनि एसोसिएसनले आग्रह गरेको छ । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति

Techie IT