शेयर बजारमा २३ अङ्कको गिरावट
काठमाडौँ। शेयर बजार आज सोमवार २३ अङ्कभन्दा धेरैले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव १६ अङ्कले घटेर १ हजार ८ सय ५१ दशमलव ४३ विन्दुमा झरेको छ।
आज सबै समूहको शेयर घटेकोमा बीमा, होटल तथा पर्यटन, व्यापार, माइक्रोफाइनान्स, जलविद्युत् र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ।
आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर र हाथवे इन्भेस्टमेन्ट नेपालको शेयर १० प्रतिशतले घटेको छ। समग्रमा बजार घटेको दिन सिद्धार्थ प्रिमियर इन्सुरेन्सको शेयर सबैभन्दा धेरै झन्डै ८ प्रतिशतले बढेको छ।
आज ४८ लाख ३७ हजार कित्ता शेयर १ अर्ब २५ करोड रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै प्रभु बैंकको प्रमोटर शेयर ६ करोड २४ लाख रुपैयाँमा किनबेच भयो।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले
सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै
काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ
पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।
काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि
तनहुँ । आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको