काठमाडौँ। हिमालयन बैंक लिमिटेडले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पाँच थान गोप्रो हिरो क्यामेरा सहयोग गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुई लाख ६७ हजार ५ सय मूल्य बराबरको इन्स्टा ३६० चेस्ट स्ट्र्याप सहित ५ थान गोप्रो हिरो क्यामेरा ९ जिल्ला प्रहरी परिसर काठमाडौँलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँको अनुरोधको आधारमा काठमाडौँ जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिबिधिहरुको निगरानी तथा रोकथाम गर्न सहयोग गरिएको बैंकले जनाएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणाले सहयोग स्वरुप सो क्यामेरा प्रहरी उपरीक्षक कुमुड ढुंगेललाई एक समारोहको बीच हस्तान्तरण गरेका थिए।