Techie IT
२०८१ फागुन ९, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थलक्ष्मी सनराइज बैंकको ‘दशैं आयो’ योजना सार्वजनिक

लक्ष्मी सनराइज बैंकको ‘दशैं आयो’ योजना सार्वजनिक


काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले चाडपर्वलाई लक्षित गरी ‘दशैं आयो’ योजना सार्वजनिक गरेको छ । दशैं लगायतका पर्वलाई अझ उत्साह र रमाइलो थप्न यो योजना ल्याइएको बैंकले जनाएको छ ।

१८ असोजदेखि ३० कात्तिकसम्म लागू हुने यस योजना अन्तर्गत लक्ष्मी सनराइज बैंकको मोबाइल मनि, डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोगमा विभिन्न प्रकारका क्यासब्याक प्राप्त गर्न सकिनेछ ।

परम्परागत रूपमा दशैंमा गरिने गतिविधीहरुलाई थप उत्साह प्रदान गर्न जस्तै मिठो खानपिन, भ्रमण, सपिङ तथा रमाइलोलाई ध्यानमा राखी सो योजना ल्याइएको बैंकको भनाइ छ ।

पहिलो अफर ‘घुम्न जाउँला’ मा लक्ष्मी सनराइज बैंकको मोबाइल मनि प्रयोग गरी बस र हवाई टिकट खरिद गर्दा क्रमशस् २५० र ५०० रूपैयाँको क्यासब्याक पाउन सकिनेछ । यो अफर १८ असोजदेखि ९ कात्तिकसम्म लागु हुनेछ भने क्यासब्याक प्राप्त गर्नका लागि मोबाइल मनि मार्फत टिकट काट्नुका साथै सो अवधिभित्र कुनै एक बिल भुक्तानी पनि गर्नु पर्नेछ ।

अर्को अफर ‘सपिङ गरौंला’ मा भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा बढीमा १ हजार रूपैयाँसम्मको क्यासब्याक पाउन सकिनेछ । यो योजना २७ असोजदेखि ३ कात्तिकसम्म लागू रहनेछ।

यसै गरी ‘खाउँला पिउँला’ योजनामा २८ असोजदेखि १२ कात्तिकसम्म फुडमान्डु एपबाट अर्डर गरी लक्ष्मी सनराइज बैंकको डेबिटर क्रेडिट कार्ड वा मोबाइल मनिबाट अनलाइन भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २० प्रतिशत वा बढीमा २०० रूपैयाँसम्म क्यासब्याक पाउन सकिनेछ । यसै अफर अन्तर्गत केएफसी तथा पिज्जा हटका कुनै पनि आउटलेटमा डेबिट कार्ड वा क्रेडिट कार्ड को ‘ट्याप एण्ड पे’ फिचर प्रयोग गरी भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २० प्रतिशत वा बढीमा ५०० रूपैयाँसम्म क्यासब्याक पाइने छ।

त्यसै गरी, ‘रमाइलो गरौंला’ अफर अन्तर्गत क्यूएफएक्स सिनेमाहलमा टिकट खरिद गर्दा लक्ष्मी सनराइज बैंकको डेबिट र क्रेडिट कार्ड वा मोबाइल मनि मार्फत भुक्तानी गर्दा २५ प्रतिशत वा बढीमा ५०० रूपैयाँसम्म एक पटक क्यासब्याक प्राप्त गर्न सकिनेछ। यो योजना कात्तिक महिनाभरी लागू हुनेछ।

क्यासब्याक अफरहरु बाहेक २५ असोजदेखि २५ कात्तिकसम्म विदेशबाट रेमिट्यान्स पठाउँदा ५०१ रूपैयाँ दक्षिणा प्राप्त गर्न सकिनेछ । यो योजना ‘मेरो भूमि’ रेमिट्यान्स खातावाला ग्राहकहरुका लागि ५० हजार रुपैयाँभन्दा बढी रेमिट्यान्स पठाउँदा मात्र मान्य हुनेछ।

सबै योजनाहरुमा क्यासब्याक अफर सकिएपछि प्रदान गरिनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति

Techie IT