Techie IT
२०८१ माघ २५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थअनलाइन बेटिङबाट २४ करोड कारोबार गरेको आरोपमा शाह पक्राउ

अनलाइन बेटिङबाट २४ करोड कारोबार गरेको आरोपमा शाह पक्राउ


काठमाडौँ। अनलाइन बेटिङबाट २४ करोड बराबरको कारोबार गरेको आरोपमा झापा दमक नगरपालिका–१२ का ३० वर्षीय पिन्टुकुमार साह पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले शाहलाई पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले गैरकानुनी रूपमा २४ करोड १५ लाख १७ हजार १३८ रुपैयाँको बेटिङ कारोबार गरेको देखिएकाले पक्राउ गरेको जानकारी दिए।

वानएक्स बेट, मेल्बेट, रूपी बेट, डब्ल्युडब्ल्युडब्ल्यु ३८८८, स्काइ चेन्ज, बालिज बेट, खेल विन, इन्डिओ २४ बेट, केएनजेम८८ जस्ता वेबसाइटहरूमार्फत साहले बेटिङ गर्न लगाएको प्रहरीले जनाएको छ।

उनले अरूलाई बेटिङ गर्न लगाएको, जुवा, सट्टाबाजीजस्ता अनलाइन खेल खेलाएको आरोप छ। नेपाल राष्ट्र बैंकको नियमविपरीत कारोबार गरेको भन्‍दै प्रहरीले उनलाई पक्राउ गरेको हो। थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति

लाहाखेतीबाट मनग्य आम्दानी गर्न सकिन्छ

मोरङ । झापा गौराहदका डम्बर विश्वकर्माले झापा गौराहदमा २०७५ साल देखि पाँच बिघा जमिन भाडामा लिई सेमियलताका बिरुवामा लाहाखेती गर्दै

नेपाली बजारमा सामसङ ग्यालेक्सी एस २५ सिरिजको प्रि-बुकिङ शुरु

काठमाडौं । नेपाली बजारमा सामसङ मोबाइलको ग्यालेक्सी एस २५ सिरिजको प्रि–बुकिङ शुरु भएको छ । बिहीवार आयोजित एक कार्यक्रममा पूर्व

राजस्व चुहावट कसुरमा मुद्दा दायर

लुम्बिनी । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवल मार्फत बुटवल उपमहानगरपालिका–५ नेपालगञ्जरोड स्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँ विरुद्ध

Techie IT