गृहपृष्ठ ∕ अर्थ ∕ शेयर धितो कर्जामा १२ करोडको सीमा बढाइयोशेयर धितो कर्जामा १२ करोडको सीमा बढाइयो नेपालीपत्र शुक्रबार, २०८० असोज १९ गते, ०५:३६ मा प्रकाशित अर्थ काठमाडौँ । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा यसअघिको रु १२ करोडको सीमा बढाएको छ ।राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा बढाएको हो । यसअघि शेयर धितो कर्जाका रुपमा समग्र वित्तीय प्रणालीबाट रु १२ करोडसम्मको मात्रै कर्जा पाउने व्यवस्था थियो । त्यसलाई बढाएर व्यक्तिको हकमा रु १५ करोड र संस्थाको हकमा रु २० करोड बनाइएको छ ।“कुनै एक वा सबै इजाजत प्राप्त संस्थाबाट शेयर धितोमा प्रवाह हुने मार्जिक प्रवृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कूल रु १५ करोड कायम गरिएको छ”, राष्ट्र बैंकले आज जारी गरेको संशोधित निर्देशिकामा भनिएको छ, “धितोपत्र बजारमा लगानी गर्ने उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि यस्तो कर्जाको अधिकतम सीमा रु २० करोड कायम गरिएको छ ।”त्यस्तै निर्देशिकामार्फत वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको अन्त्यसम्ममा काउन्टर साइक्लिकल बफर शून्य दशमलव पाँच प्रतिशत कायम गर्नुपर्ने भएको छ । #शेयर धितो कर्जाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार काठेखोलामा ५ करोड ४० लाखको सुन्तला उत्पादनबागलुङ । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष ५ करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । ५ महिनामा ७ करोड राजस्व सङ्कलनतनहुँ । यातायात व्यवस्था कार्यालय तनहुँले पाँच महिनाको अवधिमा ७ करोड भन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक सुनको मूल्य तोलमा २ हजारले बढ्योकाठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढे सँगै होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानीकाठमाडाैँ । नेपालको होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी रहको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको ‘राष्ट्रिय सुर्खेतमा ‘मानव स्मारक’ बनाउन ९ करोड ७६ लाख रकम सङ्कलनकर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘मानव स्मारक’ बनाउन ९ करोड ७६ लाख ९२ हजार आठ सय ४३ सङ्कलन ग्लोबल आईएमई बैंकको वार्षिकोत्सव : ३५ जना छात्रालाई छात्रवृत्तिकाठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । संस्थागत सामाजिकधेरै पढिएका खबर १ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम २ देशभक्त र प्रगतिशील एकजुट भएकाले प्रतिक्रियावादी शक्तिहरु आतङ्कित भएका छन्: प्रधानमन्त्री ओली ३ पर्वतमा ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु ४ महालक्ष्मी खोला–मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्द ५ तिब्बत भूकम्पले नेपालमा कस्तो असर पर्यो ? ६ रास्वपाद्वारा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन ७ चीन भूकम्पमा १२६ जनाको मृत्यु, १८८ जना घाइतेThe Film Nepal