Techie IT
२०८१ माघ २६, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थहुन्डाईले भोलिदेखि ‘फेस्टिभ कार्निवल’ आयोजना गर्दै

हुन्डाईले भोलिदेखि ‘फेस्टिभ कार्निवल’ आयोजना गर्दै


काठमाडौँ। दशैं, दिपावली र छठ पर्वको अवसरमा हुन्डाई नेपालले ‘फेस्टिभ कार्निवल’ आयोजना गर्ने भएको छ।

शुक्रबार १९ असोजदेखि २१ असोजसम्म सञ्चालन हुने ‘फेस्टिभ कार्निवल’ देशभरका सबै शोरुममा सञ्चालन हुनेछ।

हुन्डाई फेस्टिभ कार्निवल, आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष भेटघाट गरी शुभ–कामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइने छ।

कार्निवलमा हुण्डाईको सबै शोरुमहरुमा फरक–फरक कार्यक्रमहरु आयोजना गरिनेछ।

लाइभ फुट स्टल्स, लाइभ सांगीतिक प्रस्तुति, किड्स प्ले जोन, गाडीसम्बन्धी आवश्यक विभिन्न डीआईवाई टिप्स एण्ड ट्रिक्स, निःशुल्क गाडीको परीक्षण तथा चेक जाँच, मूल्यांकन तथा एक्सचेन्ज सुविधा, ईभी गाडी सम्बन्धी विशेष जानकारी तथा अन्तरक्रिया कार्यक्रम, ईभी हाइभोल्टेज ब्याट्री चेकअप ,मोटोर र्‍याली जस्ता अन्य विभिन्न कार्यक्रम सञ्चालन हुने छन्।

तीनदिने यस कार्निवललाई अझै रोचक र प्रतिस्पर्धी बनाउन हुण्डाई टिकटक कन्टेस्ट, एक्स्ट्रा ट्रेजर हन्ट, डेली टेस्ट ड्राइभ एन्ड विन र महिला चालकहरुप्रति लक्षित हुन्डाईह्वील्स अन हिल’ जस्ता कार्यक्रमहरु पनि आयोजना गरिनेछ।

प्रतियोगितामा विजेता हुनेले विश्व प्रसिद्ध ब्रान्ड बोस्च तथा हरपुलका वासिङ मेसिन, माइक्रोवेब ओभन, मिक्सर ग्राइन्डरहरु पाउन सक्नेछन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति

लाहाखेतीबाट मनग्य आम्दानी गर्न सकिन्छ

मोरङ । झापा गौराहदका डम्बर विश्वकर्माले झापा गौराहदमा २०७५ साल देखि पाँच बिघा जमिन भाडामा लिई सेमियलताका बिरुवामा लाहाखेती गर्दै

नेपाली बजारमा सामसङ ग्यालेक्सी एस २५ सिरिजको प्रि-बुकिङ शुरु

काठमाडौं । नेपाली बजारमा सामसङ मोबाइलको ग्यालेक्सी एस २५ सिरिजको प्रि–बुकिङ शुरु भएको छ । बिहीवार आयोजित एक कार्यक्रममा पूर्व

राजस्व चुहावट कसुरमा मुद्दा दायर

लुम्बिनी । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवल मार्फत बुटवल उपमहानगरपालिका–५ नेपालगञ्जरोड स्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँ विरुद्ध

Techie IT