काठमाडौँ। दशैं लगायतका चाडपर्वलाई लक्षित गर्दै दराज अनलाइन सपिङले ‘दराज दशैं धमाका’ सार्वजनिक गरेको छ।
ग्राहकलाई चाडपर्वको किनमेलमा सहज वातावरण प्रदान गर्ने उद्देश्यले सार्वजनिक भएको ‘दराज दशैं धमाका’ अन्तर्गत प्रयोगकर्ताले छुटका साथै विभिन्न उपहार, भौचर प्रप्त गर्न सक्ने दराजले जनाएको छ।
साथै डेबिट तथा क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गरी थप छुटको फइदा समेत लिन सकिने दराजले जनाएको छ।
१७ असोजदेखि लागु हुने यो योजनामा ७० प्रतिशतसम्मको छुट, ७००० बराबरको भौचर जस्ता थुप्रै फाइदाहरु रहेको दराजले जनाएको छ।
साथै अग्रिम भुक्तानीमा डेबिड कार्डको प्रयोगमा १५ प्रतिशत (रु १ हजार ५०० सम्म)र क्रेडिट कार्डमा २० प्रतिशत (२ हजार रूपैयाँसम्म)को छुट, ३ हजार ५०० भन्दा माथिको अग्रिम भुक्तानीमा कार्डको प्रयोग गर्ने ग्राहकहरुले एक लाख बराबरको सपिङ भौचर पनि प्रप्त गर्ने मौका रहेको दराजले जनाएको छ।