काठमाडौँ। साताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ। शेयर बजार परिसूचक नेप्से आज आइतवार ३३ दशमलव २० अङ्कले घटेर एक हजार नौ सय ७१ दशमलव १० विन्दुमा झरेको छ।
आज सबै समूहको शेयर घटेकोमा जलविद्युत्, होटल, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ।
आज सबैभन्दा धेरै सनराइज फर्स्ट म्युचल फन्ड, अपर हेवाखोला जलविद्युत्, एसिएन हाइड्रोपावर, मेन्छियाम हाइड्रोपावर, मनकामना इन्जिनियरिङ र सिटिजन लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ। समग्रमा बजार राताम्मे भए पनि सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ।
आज ६७ लाख २३ हजार कित्ता शेयर एक अर्ब ८३ करोड चार लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सिटिजन लाइफ इन्सुरेन्सको १४ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच भएको छ।