काठमाडौँ। होण्डा टु व्हिलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘दशैंमा १० लाख’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ।
यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख रूपैयाँ नगद जित्न सक्नेछन्।
यसका साथै ‘चुज योर स्किम’ अर्न्तगत ग्राहकहरुले १० हजार रूपैयाँसम्मको थप स्क्रयाच कार्ड पाउने छन् वा १२ हजार ५०० रुपैयाँ बराबरको ५ वर्षे एएमसी प्याकेज पाउन सक्नेछन्।
कम्पनीले ग्राहकहरुलाई अझ आर्कषक योजना प्रदान गर्ने उद्देश्यले “१ रुपैयाँ फाइनान्स योजना”मा पनि यो ‘दशैंमा १० लाख’ योजना उपलब्ध गराइरहेको छ।
यसका साथै होण्डा बिग बाइकको खरिदमा १ लाख रूपैयाँसम्मको आकर्षक छुट पनि उपलब्ध हुनेछ।
यो योजना सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ।