Techie IT
२०८१ फागुन १८, आईतबार
NepaliPatra logo
गृहपृष्ठअर्थनेप्से ५.८९ अंकले घट्यो

नेप्से ५.८९ अंकले घट्यो


काठमाडौँ। आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गिरावट आएको छ। आज नेप्से ५.८९ अंकले घटेर दुई हजार ४ दशमलब ४५ विन्दुमा बन्द भएको छ।

त्यस्तै, आज एक अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेका अनुसार आज कारोबार भएका ९२ कम्पनीको शेयरमूल्य बढेको छ भने १२९ कम्पनीकोे शेयरमूल्य घटेको छ। १० वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।

सात कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ। जसमा माइखोला हाइड्रोपावर लिमिटेड, एशियन हाइड्रोपावर लिमिटेड, मन्दाकिनी हाइड्रोपावर लिमिटेड, हिमालयन लघुवित्त वित्तीय संस्था, हिमालयन उर्जा विकास कम्पनी, सयपत्रि हाइड्रोपावर लिमिटेड र इस्टर्न हाइड्रोपावर लिमिटेड रहेको छ।

आज शुभम् पावर लिमिटेड र थ्रीस्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन्। यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ।

नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ। यस कम्पनीको आज ७ करोड ६८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

Techie IT