काठमाडौँ। आज शेयर बजार बढेको छ। शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ८५ दशमलव ४३ विन्दुमा पुगेको छ।
आज होटल र व्यापारबाहेक अरू सबै समूहको शेयर उकालो लागेको छ। आज जलविद्युत्, विकास बैंक र उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ।
आज सबैभन्दा धेरै शुभम् पावर, थ्री स्टार हाइड्रो र मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले तथा बलेफी हाइड्रो, अभियान लघुवित्त, पिपुल्स हाइड्रो र राप्ती हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ। समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै इमर्जिङ नेपाल कम्पनीको शेयर आठ प्रतिशले घटेको छ।
आज दुई सय ७२ वटा कम्पनीका ४३ लाख ३६ हजार कित्ता शेयर कारोबार भएका छन्। ५० हजार दुई सय पटक भएका कारोबारमा एक अर्ब १७ करोड ६६ लाख रुपैयाँको शेयर किनबेच भयो। सबैभन्दा धेरै रियायबल नेपाल लाइफ इन्सुरेन्स कम्पनीको १० करोड छ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ।