Techie IT
२०८१ फागुन २६, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थ‘टेक ट्रेण्ड्स, २०२३’ सिम्फोजियम कार्यक्रम सम्पन्न

‘टेक ट्रेण्ड्स, २०२३’ सिम्फोजियम कार्यक्रम सम्पन्न


काठमाडौँ । काठमाडौँको बनस्थलीस्थित काठमाडौँ बिजनेश क्याम्पस (केबीसी)ले सञ्चालन गरेको ‘टेक ट्रेण्ड्स, २०२३’ सिम्फोजियम कार्यक्रम आइतबार सम्पन्न भएको छ । केबीसीको परिसरमा सम्पन्न सिम्फोजियम कार्यक्रममा आईटी क्षेत्रका विज्ञको प्रस्तुति रहेको थियो ।

कार्यक्रममा पछिल्लो समय चर्चामा रहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डाटा साइन्स र साइबर सुरक्षाको विषयलाई तीनवटा शत्रमा विभाजन गरी बिस्तृतरुपमा छलफलसमेत गरिएको थियो ।

कार्यक्रमको प्रारम्भमा ‘जिरो वेस्ट वेबसाइट’ सार्वजनिक गरिएको थियो । उक्र ‘एप’ काठमाडौँ बिजनेश क्याम्पसको बिसीएमा अध्ययनरत तेस्रो सेमेष्टरका विद्यार्थीले बनाएका हुन् । साथै काठमाडौँ बिजनेश क्याम्पसले आफ्नो नयाँ लोगो पनि सो अवसरमा सार्वजनिक गरेको थियो ।

कार्यक्रममा ‘इमर्जिङ ट्रेन्ड्स इन आइसिटीः अवसर र चुनौतीहरु’ विषयमा समिर थापाले प्रस्तुति दिएका थिए । पहिलो शत्रमा विभिन्न विषयमा रोजेश सिखाकर, इन्जिनियर तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता योगेश अर्याल र सुमन सापकोटाको प्रस्तुती रहेको थियो । उनले नेपालमा प्रविधि क्षेत्रमा निकै कम लगानी भएकाले यसको विकासमा पछि परेको बताए ।

यसैगरी कार्यक्रममा एसिया प्रोजेक्ट फाउण्डेसनका निर्देशक साजना महर्जन अमात्य, श्रीप्रसाद खनाल र पदमराज पन्तको प्रस्तुती रहेको थियो । यस्तै ‘नेटवर्किङ एण्ड साइबर सेक्युरिटी’बारे टोरन्टो विश्वविद्यालयका विज्ञ डा डिल्ली शर्माको प्रस्तुति रहेको थियो । सुबिसु केबल नेटका रामकृष्ण परियार, पंकजकुमार ठाकुर र रमेश पोखरेलको समेत कार्यक्रममा प्रस्तुती रहेको थियो ।

सिम्फोजियम कार्यक्रममार्फत विद्यार्थीले आफूलाई कुन विषय पढ्दा सक्षम र गुणस्तरिय शिक्षा प्राप्त गर्न सकिन्छ भन्नेबारे बुझ्ने मौका मिलेको काठमाडौँ बिजनेश क्याम्पसले विश्वास लिएको छ । क्याम्पसले यसअघि पनि विभिन्न कार्यक्रम आयोजना गर्दै आएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

Techie IT