Techie IT
२०८१ फागुन १९, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थ१० अंकले बढ्यो नेप्से

१० अंकले बढ्यो नेप्से


काठमाडौँ। आइतबार नेप्से परिसूचक १०.२३ अंकले बढेर बन्द भएको छ। नेप्से ०.५२ प्रतिशतले बढेर १९४२.६८ विन्दुमा बन्द भएको हो।

आज कारोबारमा आएका १३ समूहगतमध्ये हाइड्रोपावर समूहको परिसूचक घटेको छ। यो समूहको परिसूचक ०।१४ प्रतिशतले घटेको छ।

यस दिन एक अर्ब सात करोड रूपैयाँको सेयर कारोबार भएको छ। २७६ धितोपत्रको ४३ लाख १४ हजार ४१७ कित्ता खरिद–बिक्री भएको छ।

सूर्योदय वमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक वृद्धि भएको छ। यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६० रुपैयाँ अर्थात् १० प्रतिशतले वृद्धि भएको हो। यसको सेयर मूल्य प्रतिकित्ता ६६० रुपैयाँ कायम भएको छ।

कारोबारमा आएका धितोपत्रमध्ये हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको कारोबारले सबैभन्दा बढी हिस्सा ओगटेको छ। यो कम्पनीको आठ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

Techie IT