Techie IT
२०८१ फागुन २७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थफोनपे र एनआइपिएलले सुरू गर्‍यो नेपाल–भारतबीच क्रस बोर्डर क्युआर भुक्तानी सेवा

फोनपे र एनआइपिएलले सुरू गर्‍यो नेपाल–भारतबीच क्रस बोर्डर क्युआर भुक्तानी सेवा


काठमाडौँ। नेपालको भुक्तानी सञ्चालक फोनपे र भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपिसिआई)को अन्तर्राष्ट्रिय शाखा एनआइपिएलबीच सम्झौता भएको छ।

सम्झौताअनुसार नेपाल र भारतबीच पहिलो क्रस बोर्डर क्युआर भुक्तानी सेवा सुरू गर्न दुई कम्पनी तयार भएको हो।

यो ऐतिहासिक साझेदारीको सुरुवात ‘ग्लोबल फिन्टेक फेस्ट २०२३’ मा भएको हो। उक्त फेस्टमा हरेक वर्ष फिन्टेक दूरदर्शीहरू र नवप्रवर्तकहरूको विश्वव्यापी भेटघाट हुने गर्छ।

फोनपे र एनआइपिएलबीचको सहकार्यसँगै नेपाल र भारतका नागरिकहरूलाई यी दुई नेटवर्कमा आवद्ध मोबाइल एप प्रयोग गरेर पसलहरूमा क्युआर कोड मार्फत सुरक्षित र सहज रूपमा भुक्तानी गर्न मदत गर्नेमा कम्पनीहरू विश्वस्त छन्।

उक्त सेवाको लागि दुवै कम्पनीले सञ्चालन तयारी पूरा गरिसकेको जनाइएको छ। जानकारी अनुसार उनीहरूको प्राविधिक एकीकरण अन्तिम प्रक्रियामा रहेको छ।

प्राविधिक एकीकरण सकेपछि यी दुई कम्पनीहरू आफ्नो नेटवर्कमा आवद्ध सदस्यहरूलाई सेवा प्रदान गर्न सक्षम हुने छन्। यो सेवाबाट लाखौं उपभोक्ता र व्यापारीहरूले लाभ लिन सक्नेमा दुवै पक्ष सकारात्मक छन्।

दुई कम्पनी बीचको यस रणनैतिक साझेदारीले दुई देशमा डिजिटल भुक्तानी परिवेशमा उल्लेख्य बढावा दिनेमा समेत उनीहरू सकारात्मक छन्।

फोनपेका सभापति तथा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालका अनुसार यो साझेदारी नेपाल र भारतबीचको वित्तीय सम्पर्क अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदम हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

Techie IT