२९ अङ्कले घट्यो शेयर बजार
काठमाडौँ। शेयर बजार झन्डै २९ अङ्कले घटेर राताम्मे भएको छ। शेयर बजार परिसूचक नेप्से आज बिहीवार २८ दशमलव ९२ अङ्कले घटेर एक हजार नौ सय ३२ दशमलव ४५ विन्दुमा झरेको छ।
आज सबै समूहको शेयर घटेकोमा जलविद्युत्, होटल, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ। आज सबैभन्दा धेरै बाराही पावर कम्पनीको शेयर झन्डै १० प्रतिशत तथा सिटिजन्स म्युचल फन्ड २ र अपर सोलु हाइड्रोको शेयर नौ प्रतिशतले घटेको छ।
समग्रमा बजार राताम्मे भएको दिन आज सबैभन्दा धेरै शुभम् पावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ।
आज ३७ लाख ६९ हजार कित्ता शेयर एक अर्ब १५ करोड नौ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै लिबर्टी इनर्जी कम्पनीको छ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भएको छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले
सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै
काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ
पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।
काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि
तनहुँ । आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको