Techie IT
२०८१ फागुन २०, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअर्थनेपाल बैंक लिमिटेड र एसियाली विकास बैंकबीच सम्झौता

नेपाल बैंक लिमिटेड र एसियाली विकास बैंकबीच सम्झौता


काठमाडौँ। नेपाल बैंक लिमिटेडले एसियाली विकास बैंकसँग व्यापार वित्तीय क्षमता अभिवृद्धि गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ।

नेपाल बैंक लिमिटेडले एशियाली विकास बैंक ९एडीबी० सँग एडीबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स कार्यक्रम (एडीबी टीएससीएफपी) अन्तर्गत सम्झौता गरेको छ।

कार्यक्रमले व्यापार वित्तीयको आवश्यकतालाई सम्बोधन गर्न व्यापारिक ऋण र आवश्यक सहयोग प्रदान गरेर अन्र्तराष्ट्रिय व्यापार र विकासलाई टेवा पुर्याउने छ। २०२२ मा एडीबी टीएससीएफपीले गरेको १० हजारभन्दा बढी व्यावसायिक कारोबारहरू मार्फत ७।७ बिलियन डलर भन्दा बढीको व्यापारिक सहयोग मध्ये ६० प्रतिशत भन्दा बढी साना र मध्यम आकारका व्यवसायहरू रहेका थिए।

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड एडीबी टीएससीएफपीसँग साझेदारी गर्ने पहिलो नेपालको सरकारी बैंक भएको छ र यो सम्झौताले २०० भन्दा बढी देशहरुबाट अन्र्तराष्ट्रिय व्यापार गर्न सहयोग प्रदान गर्नेछ।

नेपाल बैंक लिमिटेडको वित्तीय अवस्था, संस्थागत सुशासन, जोखिम र अनुपालनका मुख्य क्षेत्रहरूमा व्यापक छलफल र सहकार्यपछि एशियाली विकास बैंकसँग यो सम्झौता हुन सम्भव भएको बैंकले जनाएको छ।

सम्झौतामा एडीबी टीएससीएफपीका प्रमुख स्टिभन बेक र नेपाल बैंक लिमिटेडका प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले हस्ताक्षर गरेका थिए।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले भने, ‘हामी एसियाली विकास बैंकसँग व्यापार वित्तीय सम्झौता गर्न पाउँदा खुसी छौं र हामीले साना तथा मध्यम प्रकृतिका व्यवसायीबीच हाम्रो उपस्थितिलाई अझ बढाउँदै हाम्रा ग्राहकहरूको व्यापारिक गतिविधिहरूलाई सहयोग गर्न र कर्जा सुविधा उपयोग गराउन तत्पर छौं।’

समारोहमा एडीबी नेपाल रेसिडेन्ट मिशनका प्रमुख अर्नाउड हेकमनको उपस्थिति रहेको थियो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

Techie IT