काठमाडौँ। सेल्सबेरी डिपार्टमेन्टल स्टोर्सले ‘म्याजिक मनसुन’ अफर ल्याएको छ। १ भदौदेखि लागु भएको यो अफर भदौ महिनाभर चल्नेछ। सेल्सबेरीमा सपिङ गर्ने ग्राहकले यस अफर अन्तर्गत भारी छुट प्राप्त गर्ने जनाइएको छ।
रक्षा बन्दन, गाइजात्रा, कुशे औंशी र तीजको अवसरलाई लक्षित गरेर अफर सार्वजनिक गरिएको सेल्सबेरीले जनाएको छ।
घरायासी, खाद्यान्न तथा किचनका सामानहरुमा आकर्षक छुट प्रदान भइरहेको सेल्सबेरीले जनाएको छ। यो अफर सेल्सबेरीका काठमाडौँ उपत्यकामा रहेका सबै स्टोरहरु र पोखरा क्षेत्रमा सेलवेजका सबै शाखाहरुमा लागु हुनेछ।
दैनिक उपभोगका हरेक समानहरु सहुलियत दरमा प्राप्त गर्न सकिने मनसुन अफरमा वाइनमा २० प्रतिशतसम्म छुट प्रदान गरिएको छ। इलेक्ट्रोनिक्स र हाउसहोल्ड सामग्रीमा भने १० देखि ३० प्रतिशत छुट प्रदान गरिएको सेल्सबेरीले जनाएको छ।
त्यसैगरी माछापुच्छ्रे बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोगमा समेत सेल्सवेरीमा विशेष छुट प्रदान गरिएको कम्पनीले जनाएको छ। सेल्सवेरीका अनुसार १० प्रतिशत वा नगद ३ सय रुपैयाँ छुट प्राप्त हुने छ।