गृहपृष्ठ ∕ अर्थ ∕ कामना सेवा विकास बैंकले क्याम्पसलाई दियो एयर कन्डिसनरकामना सेवा विकास बैंकले क्याम्पसलाई दियो एयर कन्डिसनर नेपालीपत्र सोमबार, २०८० भदौ ११ गते, १६:१४ मा प्रकाशित अर्थ काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत क्याम्पसलाई एयर कन्डिसनर वितरण गरेको छ। नवलपरासीको बर्दघाट स्थित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दिव्य ज्योति बहुमुखी क्याम्पसलाई बैंकले २ थान एयर कन्डिसनर हस्तान्तरण गरेको हो।उक्त एयर कन्डिसनर सामुदायिक विकास र शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुगोस् भन्ने पवित्र उद्देश्यका साथ प्रदान गरिएको बैंकले जनाएको छ।बैंकका सञ्चालक भीम प्रसाद तुलाचनले दिव्य ज्योति बहुमुखी क्याम्पसका अध्यक्ष पुण्य प्रसाद पौडेललाई उक्त एयर कन्डिसनर हस्तान्तरण गरेका हुन्। कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख सागरमणि पाण्डे, बैंकका बुटवल क्षेत्रका क्षेत्रीय प्रबन्धक खिमलाल भुषाल तथा अन्य कर्मचारीहरू र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।यससँगै बैंकले आगामी दिनहरूमा समेत सरोकारवालाहरूको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरेको छ। #कामना सेवा विकास बैंकग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धिवीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलनझापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि सर्लाहीका ४७ जना उखु किसान सम्मानितबरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्चकाठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ । समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योगभोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकैधेरै पढिएका खबर १ वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि २ मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख विनियोजन ३ नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे ४ १०औं राष्ट्रिय खेलकुदको मिति फेरि सर्याे ५ दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला ६ पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् ७ बिपीले ‘तिमी नेपालमा नै बस्नू’ भनेकाले स्वदेश फर्किएँः डा. शशांकThe Film Nepal