गृहपृष्ठ ∕
अर्थ ∕
माछापुच्छ्रे बैंकले ल्यायो प्रायोरिटी पास सुविधा माछापुच्छ्रे बैंकले ल्यायो प्रायोरिटी पास सुविधा
काठमाडौँ। डिजिटल इकोनोमी प्रवर्द्धनमा प्रभावकारी भूमिका निभाउँदै आएको माछापुच्छ्रे बैंक लिमिटेडले प्रायोरिटी एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ।
प्रायोरिटी एयरपोर्ट लाउन्ज पासबाहकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा विना झन्झट उक्त पासको प्रयोग गरी सरल र सहज तरिकाबाट प्रायोरिटी लाउन्ज प्रिमियम सुविधाको लाभ उठाउन सक्ने बैंकले जनाएको छ।
यो प्रायोरिटी पास सुविधा विश्वको सबैभन्दा ठूलो स्वतन्त्र एयरपोर्ट प्रिमियम लाउन्ज सुविधा हो, जस अन्तर्गत कोलिन्सन ग्रुप, यूकेले व्यवस्थापन गरेको संसारभरका १४० भन्दा बढी देशका ६६० शहरहरुमा अवस्थित १४०० प्लस एयरपोर्टमा रहेका एयरपोर्ट लाउन्जहरुमा प्रिमियम लाउन्जको सुविधा लिन सकिने बैंकको भनाइ छ।
प्रायोरिटी पासले उडान गर्नु अघि एयरपोर्ट लाउन्ज अनुसार सोफामा आराम गर्न र निःशुल्क खाना तथा खाजाको आनन्द लिन वा निःशुल्क वाइफाइ प्रयोग गर्न लगायत अन्य अतिरिक्त सुविधाहरु सहित लाउन्जको अनुभव प्रदान गर्दछ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
मनाङ । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले
सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै
काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ
पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।
काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि