Techie IT
२०८१ चैत्र २, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थबढ्यो प्याजको मूल्य

बढ्यो प्याजको मूल्य


काठमाडौँ। नेपालमा प्याजको मूल्यवृद्धि सुरु भएको छ। भारतले प्याज निर्यातमा ४० प्रतिशत भन्सार कर लगाउने निर्णय गरेको दोस्रो दिनदेखि नै नेपालमा मूल्यवृद्धि सुरु भएको हो।

कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार आज प्याजको थोक मूल्य किलोमै १७ रुपैयाँले बढेको हो। यससँगै, आज कालिमाटीमा प्याजको थोक मूल्य प्रतिकिलो ७८ रुपैयाँ पुगेको छ।

हिजो कालिमाटीमा प्याजको मूल्य किलोमा ६१ रुपैयाँ थियो। नेपालमा आयात हुने करिब ९५ प्रतिशत प्याज भारतीय बजारबाटै आउँछ। गत आर्थिक वर्षमा ६ अर्ब ८६ करोड रुपैयाँ बराबरको प्याज आयात भएको थियो।

यस्तै, आज ठूलो गोलभेडाको मूल्य प्रतिकिलो १२५ रुपैयाँ, सानो गोलडेको मूल्य १५५ रुपैयाँ, रातो आलुको मूल्य ५१ रुपैयाँ छ। यसबाहेक, गाजर ११६ रुपैयाँ थोक मूल्यमा बिक्री भइरहेको छ भने काउली ८८ रुपैयाँ, बन्दा ४५ रुपैयाँ, डल्ले भन्टा ८५ रुपैयाँ र बोडी ११० रुपैयाँ छ।

यस्तै, तिते करेला ८६ रुपैयाँ थोक मूल्यमा बिक्री हुँदा लौका ७६ रुपैयाँ, परवर ६५ रुपैयाँ र घिरौलाको थोक मूल्य ४६ रुपैयाँ कायम छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

Techie IT