काठमाडौँ। सोमबार शेयर बजारमा सामान्य गिरावट आएको छ। शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ६१ अङ्कले घटेर दुई हजार ७७ दशमलव २४ विन्दुमा झरेको छ।
आज फाइनान्स, होटल, जलविद्युत्, लगानी, बीमा, अन्य र व्यापार समूहको शेयर सामान्य ओरालो लागेको छ भने अरू समूहको शेयर सामान्य बढेको छ।
आज सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्सुरेन्स कम्पनीको शेयर साढे छ प्रतिशतले घटेको छ। समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावर कम्पनी र अपर साङ्गे जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ।
आज ५४ लाख १७ हजार कित्ता शेयर दुई अर्ब नौ करोड १३ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्सको ११ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भएको छ।