काठमाडौँ। आज बिहीबार शेयर बजार सामान्य बढेको छ। शेयर बजार परिसूचक नेप्से आज बिहीवार पाँच दशमलव १३ अङ्कले बढेर दुई हजार ६६ दशमलव शून्य पाँच विन्दुमा पुगेको हो।
आज होटल, जलविद्युत्, लगानी, उत्पादन, म्युचल फन्ड, बीमा, अन्य र व्यापार समूहको शेयर बढेको छ। सबैभन्दा धेरै एसियन लघुवित्तको शेयर नौ प्रतिशत र सिंगटी हाइड्रोको शेयर साढे सात प्रतिशतले बढेको छ। आज सबैभन्दा धेरै हिमालयन लघुवित्तको शेयर साढे छ प्रतिशत र सुपर मादी हाइड्रो पावर कम्पनीको शेयर मूल्य झन्डै छ प्रतिशतले ओरालो लागेको छ।
आज दुई सय ६९ वटा कम्पनीका ५५ लाख तीन हजार कित्ता शेयर किनबेच भएका छन्। ५७ हजार सात सय पटक भएका कारोबारबाट दुई अर्ब १५ करोड ६५ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ। सबैभन्दा धेरै सोल्टी होटलको १६ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।