काठमाडौँ। वेरेबल एसेसोरिज (पहिरन वस्तु) उत्पादक अल्टिमा लाइफस्टाइलले पहिलोपटक एक्सचेन्ज मेला आयोजनाको घोषणा गरेको छ।अल्टिमाले अडियो प्रेमीहरुका लागि दुईदिने एक्सचेन्ज मेला आयोजना गरेको हो।
साउन २६ र २७ गते चल्ने मेलामा आफ्ना पुराना वायर भएका इयरफोन र अडियो उपकरणहरु नयाँ एवं अत्याधुनिक प्रविधियुक्त इयरफोन अल्टिमा एटम ८२० सँग साट्न मिल्नेछ।
काठमाडौँको सुन्धारास्थित सिभिल मलको पहिलो तल्लामा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म र हुकुट स्टोर, न्यूरोडमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मेला चल्ने कम्पनीले जनाएको छ।
यो टप अफ द लाइन ट्रू वायरलेस स्टेरियो टीडब्लूएस एक हजार १९९ मा रुपैयाँमा उपलब्ध छ।
अल्टिमा एटम ८२० मा २४ घण्टाको ब्याट्री लाइफ रहेको कम्पनीले जनाएको छ। यस्तै, इमर्सिभ १३ एमएम बास बुस्टेड अडियो र बाह्य आवाज रोक्ने एटम ८२० बाट वायरलेस अडियो अनुभव लिन सकिने कम्पनीले जनाएको छ।