Techie IT
२०८१ फागुन ८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थग्लोबल आइएमई बैंकले ल्यायो नयाँ सुविधा

ग्लोबल आइएमई बैंकले ल्यायो नयाँ सुविधा


काठमाडौँ। ग्लोबल आइएमई बैंकको स्मार्ट अडियो डिभाइसबाट भ्वाइस मेसेजद्वारा क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टी हुने सुविधा सार्वजनिक गरेको छ। बैंकले क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलईडी डिस्प्ले सहितको सेवा ल्याएको हो।

यो योजनासँगै ग्लोबल आईएमई बैंकका ग्राहकहरूले क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा भुक्तानीको पुष्टीकरण एलईडी बोर्डमा रहेको साउन्ड बक्सले भुक्तानी पुष्टि गर्ने भ्वाइस मेसेज दिनेछ। यसले ग्राहक र व्यापारीका लागि सम्पूर्ण प्रक्रियालाई सुविधाजनक बनाउने विश्वास छ।

यसबाट मर्चेन्टरव्यापारी तथा ग्राहकहरुलाई मोबाइल फोनमा भुक्तानी प्राप्त भएको मेसेजका निमित्त कुर्नुपर्ने समयको पनि बचत हुनेछ। साथ–साथै, यसबाट व्यापारीलाई भुक्तानी आवेदनको पुष्टीकरण निर्भरता समेत घटाउँछ। आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३५९ शाखा कार्यालय, ३६७ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढि सेवा केन्द्रबाट ४० लाखभन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति

Techie IT