गृहपृष्ठ ∕ अर्थ ∕ लगातार तेस्रो दिन नेप्सेमा गिरावटलगातार तेस्रो दिन नेप्सेमा गिरावट नेपालीपत्र मंगलबार, २०८० साउन २३ गते, १५:३४ मा प्रकाशित अर्थ काठमाडौँ। आज पनि शेयर बजार राताम्मे भएको छ। शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार २८ दशमलव ४० अङ्कले घटेर दुई हजार १९ दशमलव ८५ विन्दुमा झरेको छ।आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ। आज सबैभन्दा धेरै गुराँस फाइनान्सको शेयर आठ प्रतिशत तथा विजय लघुवित्तको शेयर सात प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन सबैभन्दा धेरै स्वरोजगार लघुवित्त र नेपाल रिपब्लिक मिडियाको शेयर १० प्रतिशतले बढेको छ।आज ४८ लाख ६० हजार कित्ता शेयर एक अर्ब ७३ करोड ७० लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्सको १७ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ। #नेप्सेग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेप्सेमा १४ अंकले बृद्धिकाठमाडौँ। साताको अन्तिम कारोबारको दिन बिहीबारको नेप्सेमा १४ अंकले बृद्धि भएको छ । परिसूचक सामान्य अंकले बढे पनि कारोबार भने पेट्रोलियम अन्वेषण : ७९ प्रतिशत ‘ड्रिलिङ’ सकियोदैलेख । जिल्लाको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’को ७९ प्रतिशत काम सकिएको छ । चार लगानी निरुत्साहित हुने गतिविधि नगर्न अध्यक्ष ढकालको आग्रहकाठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी निरुत्साहित हुने गतिविधि हुननहुने बताउँदै देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर ठेलामा सातु बिक्री गरेर मासिक ५० हजार आम्दानीसुनसरी । सुनसरी सदरमुकाम इनरुवा–१ का अर्जुन पौदार बिहानै ५ बजे इनरुवाको मुख्य बजारमा रहेको सुपरमार्केमा ठेला लिए आइपुग्नुहुन्छ । सुनको भाउ तोलामा एक हजार रुपैयाँले घट्योकाठमाडाैँ । आज सुनको भाउ एक हजार रुपैयाँले घटेको छ । सुनको भाउ एक हजार रुपैयाँले घटेर तोलाको एक लाख अलैचीको मूल्य वृद्धिकाठमाडौँ । कालो सुनको उपमा पाएको अलैँचीको मूल्य निरन्तर वृद्धि हुँदा प्रतिमन एक लाख रुपियाँनजिक पुगेको छ । ताप्लेजुङको सदरमुकामधेरै पढिएका खबर १ दिपक मनाङेले भने- फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु २ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने ३ कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी माथि लागेको मानव तस्करीको आरोपमा अनुसन्धान शुरु ४ एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने ५ १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल आए ६ आज छठको मुख्य दिन ७ सहकारी ठगबाट पैसा असुल गरी पीडितको पैसा फिर्ता गर्छौंः मन्त्री यादवThe Film Nepal