काठमाडौँ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरामा बीमा सचेतना प्रवर्द्धनका लागि साइकल र्याली आयोजना गरेको छ।
पोखराको बाराहीघाटबाट सुरु भएको र्याली हल्लन चोक, जीरो किलोमिटर, सभागृहचोक, चिप्लेढुंगा, बिरौटा, राष्ट्रबैंक चोक हुँदै करिब १० किमिको यात्रा पूरा गर्दै पुनः बाराहीघाटमा पुगेर समापन भएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार साइकल र्यालीबाट बीमा सचेतना प्रवर्द्धन हुने विश्वास लिएको छ।
र्यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीसहित नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेशका प्रदेश प्रमुख केशवप्रसाद दाहल, प्राधिकरणका अन्य कर्मचारी लगायत १०० जनाको सहभागिता रहेको थियो।