Techie IT
२०८१ फागुन ७, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थएनसेलले ल्यायो ‘बिन्दास डेटा प्याक’ अफर

एनसेलले ल्यायो ‘बिन्दास डेटा प्याक’ अफर


काठमाडौँ। एनसेल आजियाटा लिमिटेडले ‘बिन्दास डेटा प्याक’ अफर ल्याएको छ। यो अफर अन्तर्गत ग्राहकले अब जुनसुकै समय, जुनसुकै ठाउँ र प्रयोजनका लागि पाँच घण्टाको अनलिमिटेड डेटाबाट फाइदा लिन सक्ने एनसेलले जनाएको छ।

ग्राहकहरूले सजिलैसँग करसहित ७५ रुपैयाँमा यो प्याक लिन सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ग्राहकहरूले कुनै डेटा भोल्युम सीमाविना ३ दिनसम्म कूल ५ घण्टाको लागि अनलिमिटेड डेटा सेवा पाउने छन्।

ग्राहकले एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स३ह्यास डायल गरी यो प्याक लिन सक्छन्। त्यसैगरी एनसेल एप, एनसेलको वेबसाइट र नजिकैको एनसेलको आधिकारिक खुद्रा बिक्रेताबाट पनि यो प्याक लिन सकिन्छ।

सुलभ दरमा निश्चित अवधिका लागि डेटा सेवा आवश्यक रहेका ग्राहकहरुका लागि यो अफर उत्तम विकल्प हुने एनसेलले जनाएको छ।

कम्पनीले बिन्दास भ्वाइस प्याक पनि ल्याएको छ जसमा ग्राहकहरूले करसहित मात्र २५ रुपैयाँमा १२ घण्टा (बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म) कुनै पनि नेटवर्कमा कुराकानी गर्न मिल्ने टक टाइम लिन सक्नेछन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भद्रपुर मालपोतद्वारा ४४ करोड ५० लाख राजस्व सङ्कलन

झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय

बक्यौता नतिर्ने उद्योगको लाइन काट्न सहमति माग्दै प्राधिकरणले आयोगमा पत्र…

काठमाडाैँ । बक्यौता नतिर्ने उद्योगको लाइन काट्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय भएका छन् । यसअघि

सर्लाहीका ४७ जना उखु किसान सम्मानित

बरहथवा । इन्दु शङ्कर चिनी उद्योगले आधुनिक विधि र प्रविधिको प्रयोगसहित १९ जातका उखु उत्पादन गरेका ४७ जना उखु किसानलाई

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ ।

समस्या झेल्दै ‘भोजपुरे खुकुरी’ उद्योग

भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुर खुकुरी व्यवसायका लागि प्रख्यात छ । यहाँ बनेको खुकुरीको नेपालभित्र मात्र होइन, देशबाहिर पनि त्यतिकै

तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा

सोलुखुम्बु। जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति

Techie IT