Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठअर्थशेयर बजार उच्च अङ्कले बढ्यो

शेयर बजार उच्च अङ्कले बढ्यो


काठमाडौँ। आज आइतवार शेयर बजार उच्च अङ्कले बढेको छ। चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक भएको दिन आज बजार उच्च अङ्कले बढेको हो।

शेयर बजार परिसूचक नेप्से आज ६३ दशमलव २४ अङ्कले बढेर दुई हजार दुई सय २७ दशमलव १६ विन्दुमा पुगेको छ। नेप्से छ महिनायताकै उच्च विन्दुमा पुगेको छ। यसअघि गएको पुस २८ गते नेप्से २२ सय ३७ विन्दुमा पुगेको थियो, त्यसपछि २२ सय २२ विन्दुभन्दा माथि बजार पुगेको थिएन।

आज सबै समूहको शेयर बढेकोमा बैंकिङ, बीमा, व्यापार र विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ। बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ। आज एक करोड २० लाख दुई हजार कित्ता शेयर चार अर्ब ३७ करोड ५१ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड ८१ लाख रुपैयाँको शेयर किनबेच भयो।

आज किसान लघुवित्त, चन्द्रागिरि हिल्स र लिबर्टी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ। यस्तै स्वरोजगार लघुवित्त, ग्लोबल आईएमई बैंक र कालिञ्चोक दर्शन प्रालीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले

विद्युतीकरणपछि चन्द्रनगरका किसान मकैखेतीतर्फ आकर्षित

सर्लाही। चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकैखेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै

नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्त

काठमाडाैँ । नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त भएका छन् । नवनियुक्त सीईओ

वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई

पर्सा । पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि

आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै

तनहुँ । आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको

Techie IT