Techie IT
२०८१ पुस १, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थउपत्यकामा चल्ने सार्वजनिक सवारीको भाडा घट्यो

उपत्यकामा चल्ने सार्वजनिक सवारीको भाडा घट्यो


काठमाडौँ। बाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ।

केन्द्र सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा समायोजन गरेको केही दिनपछि बाग्मती प्रदेश सरकारले पनि प्रदेश भित्र चल्ने सवारी साधनको भाडा समायोजन गर्ने निर्णय गरेको हो।

यो सँगै अब प्रदेशभरी चल्ने मालवाहक सवारी साधनमा ५ दशमलव ६९, सिटी बसमा ५.९ प्रतिशत र यात्रुवाहक बसमा ४ दशमलव १८ प्रतिशतले भाडा दर घट्ने भएको छ।

कानून अनुसार अन्तरप्रदेश चल्ने सवारीको भाडा केन्द्र सरकारले निर्धारण गर्ने गर्दछ भने अन्तरपालिकास्तरमा चल्ने सवारीको भाडा प्रदेश सरकारले निर्धारण गर्ने गर्दछ।

पेट्रोलियम पदार्थको मूल्य घटेपछि यसअघि केन्द्र सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा दर घटाएको समायोजन गरेको थियो।

बुधबार बसेको भाडा निर्धारण्समायोजन सिफारिस समितिको बैठकले भाडा दर समायोजन गर्ने निर्णय गरेको हो। भाडा घटाइएको निर्णय आज राजपत्रमा प्रकाशित गरिएपछि भाडादर लागू हुनेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दूध बेचेरै मासिक १ लाख बढी आम्दानी

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कृषकले दूध बिक्री गरेर मासिक १ लाख ५० हजार बचत गर्दै आएका छन् । गैँडाकोट–६

५ महिनामा २८ प्रतिशत राजस्व सङ्कलन

काठमाडौं । चालु आर्थिक वर्ष २०८१\८२ को शुरुआती पाँच महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । मङ्सिर

गणपूरक सङ्ख्या नपुग्दा अर्थसमिति बैठक स्थगित

काठमाडौं । गणपूरक सङ्ख्या नपुगेपछि अर्थ समितिको आजको बैठक स्थगित भएको छ । सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि

‘ज्योति ग्रुप’ औपचारिक रुपमा विभाजन

काठमाडाैँ । देशकै पुरानोमध्येको एक ‘ज्योति ग्रुप’ औपचारिक रुपमा विभाजन भएको छ । एकसय चार वर्षअघि मणिहर्ष ज्योतिले स्थापना गरेको

मुस्ताङमा स्याउ कुहिएर क्षति बेहोर्नुपर्ने समस्या हट्यो

म्याग्दी। मुस्ताङमा स्याउ भण्डारणका लागि चिस्यान गृह प्रभावकारी बनेको छ। चिस्यान गृह निर्माण भएपछि याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर

Techie IT