काठमाडौँ। आज बिहीवार शेयर बजार सामान्य घटेको छ। शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ३१ अङ्कले घटेर दुई हजार एक सय ६३ दशमलव ९२ विन्दुमा झरेको छ।
आज फाइनान्स, होटल, लगानी, बीमा, म्युचल फन्ड र अन्य समूहको शेयर घटेको छ भने अरू समूहको शेयर सामान्य बढेको छ।
आज सबैभन्दा धेरै सिटिजन्स म्युचुल फन्ड र कुमारी इक्विटी फन्डको शेयर १० प्रतिशतले घटेको छ। समग्रमा बजार घटे पनि विशाल बजार कम्पनी र लिबर्टी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले बढेको छ।
आज दुई सय ६४ वटा कम्पनीका ८४ लाख २४ हजार कित्ता शेयर कारोबार भएका छन्। ५४ हजार नौ सय पटक भएका कारोबारमा तीन अर्ब पाँच करोड २४ लाख रुपैयाँको शेयर किनबेच भयो। सबैभन्दा धेरै शिवम् सिमेन्टको १४ करोड २३ लाख रुपैयाँको शेयर खरिद÷बिक्री भएको छ।