विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो।
अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
विस्तृतमा
पर्यटन क्षेत्रको विकासमा लगानी वृद्धि गर्दै मधेस प्रदेश

जनकपुर । पर्यटन क्षेत्रको विकासका लागि मधेस प्रदेश सरकारले पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगिने नीति लिएको छ । पर्यटन क्षेत्रको विकासका लागि यहाँको प्राकृतिक तथा धार्मिक क्षेत्रको पहिचान गरी त्यसको प्रवद्र्धनका लागि मधेस सरकारले पूर्वाधार निर्माणमा लगानी बढाउँदै लगिने नीति लिएको हो ।
तनहुँसुरको पर्यटन प्रवद्र्धनका लागि रु २० करोड माग

दमौली । तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिकस्थल तनहुँसुरको पर्यटन प्रवद्र्धनका लागि रु २० करोड माग गरिएको छ । तनहुँसुर भानु शान्ति निकुञ्ज बृहत् गुरुयोजनाका लागि रु २० करोड ४५ लाख ४० हजार प्रदेश सरकारसँग माग गरिएको हो ।
ट्रि हाउस

तनहुँ । म्याग्दे गाउँपालिका– २ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको ट्रि हाउस । डिभिजन वन कार्यालय तनहुँको रु १२ लाख ५० हजार र सामुदायिक बनको रु दुई लाख ५० हजार गरी रु १५ लाखको लागत निर्माण गरेपछि आन्तरिक पर्यटकको गन्तव्यस्थलको रुपमा विकास भएको छ ।
सलमान खानलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि सहयोग गर्न मन्त्री आलेको आग्रह

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बलिउड अभिनेता सलमान खानलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि सहयोग गर्न आग्रह गरेका छन्। मंगलबार अभिनेता खानसँग भएको भर्चुअल संवादमा उनले सो आग्रह गरेका हुन्।
चन्द्रागिरीमा दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलन सुरू

काठमाडौँ। काठमाडौँको चन्द्रागिरीमा दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको छ। वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन्। सम्मेलनमा विश्वका १३ मुलुकका २०० जनाको सहभागिता छ। तीमध्ये सय जना भौतिक रूपमा र बाँकी भर्चुअल माध्यमबाट सहभागी भएको आयोजकले बताएको छ।
'झाँक्रीगेल झरना'

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ सुन्दरखोलास्थित झाँक्रीगेल झरना ओझेलमा परेको छ । प्रचार–प्रसारको अभावले सो झरना ओझेलमा परेको हो ।
गैँडा स्थानान्तरण गर्न अध्ययन

चितवन । दुर्लभ एक सिङ्गे गैँडा स्थानान्तरणका लागि अध्ययन सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य गैँडा स्थानान्तरणका लागि अध्ययन थालिएको हो ।
अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमनमा वृद्धि

मनाङ । पदयात्राका लागि अन्नपूर्ण पदमार्गमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ । कोरोना भाइरस र बाढीपहिराको वितण्डापछि अहिले लमजुङ हुँदै पदयात्रा मार्गमा आउने पर्यटकको सङ्ख्या दैनिक ९० भन्दा बढी छ ।
चैत्र २५ गतेदेखि सातौँ लमजुङ महोत्सव हुने

लमजुङ। लमजुङस्थित बेँसीशहर नगरपालिका–ं ७ मा सातौँ लमजुङ महोत्सव हुने भएको छ। स्थानीय उत्पादन, संस्कृति तथा पर्यटनः कोभिड–१९ पछिको व्यवसाय पुनःस्थापना भन्ने मूल नारासाथ यही २५ देखि वैशाख ४ गतेसम्म उक्त स्थानमा सो महोत्सव हुने भएको हो।
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।