विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो।
अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
विस्तृतमा
माघमा फुल्यो, चैतमा ओइलायो लालीगुराँस

गलेश्वर । सामान्यतयाः चैत/वैशाखमा फुल्नुपर्ने लालीगुराँस यस वर्ष पुसमा कोपिला लागेर माघमा नै फुलेपछि चैतको तेस्रो सातासम्म आइपुग्दा स्थानीय जङ्गलका लालिगुराँस ओइलाएर झर्न लागेको छ ।
धरहरा चढेर काठमाडौँ सहर नियाल्न अझै समय लाग्ने

काठमाडौं । धरहरा चढेर काठमाडौँ सहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै नौ महिना कुर्नुपर्ने भएको छ । ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य सकी उद्घाटन गरेको पनि एक वर्ष पुग्न लाग्दासम्म सर्वसाधारणले प्रयोग गर्न पाएका छैनन् ।
आन्तरिक पर्यटकले कुश्माबजार भरिभराउ

पर्वत । साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै पर्वतमा पछिल्ला केही महिनायता आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण बढेको छ । पर्वत सदरमुकाम कुश्मा विभिन्न सङ्घसंस्थाहरुबाट अवलोकन भ्रमणका लागि गन्तव्य स्थल बन्दै गएको छ । कुश्माबजारमा बनेको विश्वकै दोस्रो अग्लो बञ्जी जम्प, विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाइन, नेपालकै अग्ला र लामा झोलुङ्गे पुलले आन्तरिक पर्यटकहरुलाई आकर्षित गरेको हो । दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ भित्रिने गरेका छन् ।
छैटौं उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुने

काठमाडौँ। भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा छैटौं उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुने भएको छ। ओस्ला नेपालको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता यही २६ चैतमा मध्यपुर थिमी–४ बालकुमारी प्राङ्गणमा हुने प्रतियोगिताका संयोजक सुशील जोशीले जानकारी दिए।
पशुपतिनाथको शैलीमा अकला मन्दिर पुनः निर्माण

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित धार्मिक महत्व बोकेको अकलादेवी मन्दिर पुनर्निर्माण सकिएको छ ।
नाट्टाको अध्यक्षमा रमेश थापा विजयी

काठमाडौं । पर्यटन व्यवसायीको सबैभन्दा पुरानो छाता सङ्गठन नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)को अध्यक्षमा रमेश थापा विजयी भएका छन् ।
पोखरा महानगरले तोक्यो नौ तालको मापदण्ड

पोखरा । लामो समयदेखिनिकै चर्चा र विवादको रुपमा रहेको पोखराकोे फेवाताललगायत नौ तालको मापदण्ड अन्ततः पोखरा महानगरले टुग्याङ्एको छ । बुधबार साँझ बसेको कार्यपालिकाको ५५औँ बैठकले फेवातालसहित नौवटै तालको मापदण्ड निर्धारण गरेको हो ।
मुस्ताङमा पर्यटकको चाप बढ्यो

गलेश्वर । हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङमा कोभिड सङ्क्रमणको अवस्था सामान्य बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । स्थलमार्ग र हवाईमार्गबाट गरी दैनिक करिब तीन हजार पर्यटक मुस्ताङ भित्रिन थालेपछि व्यवसायी उत्साहित बनेका छन् । साथै मुस्ताङको रौनक पनि फेरिएको छ ।
पोखराको मुख्य प्रवेशद्वार नै हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य

कास्की । पर्यटकीय नगरी पोखराको मुख्य प्रवेशद्वार पृथ्वी राजमार्गको दुलेगौंडादेखि कोत्रेसम्मको सडकखण्ड लामो समयदेखि बिग्रँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । लामो समयदेखि यस खण्डमा सडक बिग्रेभत्के पनि त्यसतर्फ सम्बन्धित निकायको चासो पुग्न नसकेको यस क्षेत्रका बासिन्दाको गुनासो छ ।
दर्मिजाका तातोपानी कुण्ड व्यवस्थित गरिँदै

म्याग्दी । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दर्मिजामा रहेका प्राकृतिक तातोपानीका कुण्ड जानका लागि बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भएपछि दुर्गम स्थानमा रहेका तातोपानी कुण्ड व्यवस्थित बनेका छन् । दर्मिजा गाउँको पुछारमा रघुगङ्गा नदीको किनारमा रहेको मुहानबाट ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रमको तातोपानी निस्कने गर्दछ ।
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।