रौता र चौदण्डीमा पर्यटकको सङ्ख्या ह्वातै बढ्यो

उदयपुर । उदयपुरको धार्मिक, ऐतिहासिक तथा महत्वपूर्ण पर्यटकीय क्षेत्र रौता पोखरी र चौदण्डी गढीमा घुम्न आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । विस्तृतमा


सिद्ध मकरीकोट पदमार्गमा ८ हजार २८२ खुट्किला निर्माण हुँदै

सिद्ध मकरीकोट पदमार्गमा ८ हजार २८२ खुट्किला निर्माण हुँदै

दार्चुला । सङ्घीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार र अपी हिमाल गाउँपालिकाको लगानीमा अपी हिमाल गाउँपालिका–४ देखि वडा नं ५ जोड्न निर्माण हुँदै गरेको सिद्ध मकरीकोट पदमार्ग । हालसम्म एक हजार ४७४ मिटरमा तीन हजार ७०० खुट्किला निर्माण भइसकेको छ भने पदमार्ग सम्पन्न हुँदा आठ हजार २८२ खुट्किला निर्माण हुनेछन् ।

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

रामपुर । लामो समयपछिको बन्दाबन्दी खुकुलो भएपछि पर्यटकीय क्षेत्र पाल्पा रामपुरको तालपोखरामा रहेका माछा अवलोकन गर्दै आन्तरिक पर्यटकहरु । तस्वीरः सुशीला रेग्मी, रासस

३ करोड लिटर पानी भरेपछिको रानीपोखरी...

३ करोड लिटर पानी भरेपछिको रानीपोखरी...

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरिरहेको रानीपोखरी निर्माणको कार्य लगभग सकिएको छ । खानेपानी मन्त्रालयको सहयोगमा करिब ३ करोड लिटर पानी भरेपछि रानीपोखरीको मुहार फेरिएको छ । २०७२ सालको भूकम्पले क्षति पुर्याएपछि ५ वर्षसम्म रानीपोखरीको अवस्था नाजुक थियो ।

नयाँ परिचय बनाउँदै बागलुङ

नयाँ परिचय बनाउँदै बागलुङ

बागलुङ । बागलुङ जिल्ला केही उपनामले परिचित छ । झुलुङ्गे पुलको जिल्ला, नेपाल भित्रको नेपाल र बुट्टेनलीमा प्रख्यात आदि । बागलुङका नदी, खोला मात्र होइन खोल्साखोल्सीमा पनि धेरै झुलुङ्गे पुल छन् । यसकारण यस जिल्लालाई झोलुङ्गे पुलको जिल्लाका उपनामले पनि चिनिन्छ बागलुङ जिल्लामा हाल सम्म ४१४ झुलुङ्गे पुल छन्

पोखराका पर्यटन व्यवसायी उत्साहित

पोखराका पर्यटन व्यवसायी उत्साहित

पोखरा । मुलुकको आन्तरिक हवाई उडान सोमबारदेखि नियमित सञ्चालन हुने भएपछि यहाँका पर्यटन व्यवसायीमा केही उत्साह थपिएको छ । कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि हवाई सेवा बन्द अवस्थामा छ ।

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीर्ण बन्दै राणाकालिन धर्मशाला

जीर्ण बन्दै राणाकालिन धर्मशाला

डोटी । डोटीको शिखर नगरपालिका तथा जोरायल गाउँपालिकाको सिमाक्षेत्र तेले लेकमा बटुवाका लागि बास बस्न निर्माण गरिएको राणकालिन धर्मशाला । उचित संरक्षण तथा सम्बद्र्धन नगरिंदा उक्त धर्मशाला वर्षेनी जीर्ण बन्दै गएको छ ।

पर्यटन प्रवद्र्धन गर्न गुरुयोजना

पर्यटन प्रवद्र्धन गर्न गुरुयोजना

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकाले पर्यटन प्रर्वद्धन गर्न गुरुयोजना निर्माण गरेको छ । नगरपालिका क्षेत्रमा पर्यटक भित्र्याइ आर्थिक गतिविधिमा तीव्रता दिनका लागि पर्यटकीय गुरुयोजना बनाई कार्यान्वयनमा ल्याउने तयारी गरेको हो । पर्यटकीय गुरुयोजनामा शहीद पार्क निर्माण गर्ने, भ्यूटावर निर्माण, बुद्धको ठूलो मूर्ति स्थापना गर्ने, जनजाति होमस्टे स्थापना गर्ने र नगरपालिकाका १९ वटा ठाउँमा पिकनिक स्पट निर्माण गर्नेलगायत रहेका छन् ।

पर्यटकीय क्षेत्रको आशालाग्दो गन्तव्य नौकुण्ड (फोटोफिचर)

पर्यटकीय क्षेत्रको आशालाग्दो गन्तव्य नौकुण्ड (फोटोफिचर)

“हजार माइलको यात्रा एक पाईलाबाट सुरु हुन्छ ।” भनेझै नौकुण्डलाई पर्यटनको माध्यमबाट बिकसित गरि अगाडी बढाउन पदमार्गको डिपिआर बनाउने काममा यतिबेला नौकुण्ड गाउँपालिका लागिपरेको छ ।

सिंढी निर्माणपछि चिटिक्क बन्दै रेसुङ्गा

सिंढी निर्माणपछि चिटिक्क बन्दै रेसुङ्गा

तम्घास । गुल्मीको धार्मिक एवं पर्यटकीयस्थल रेसुङ्गामा ढुङ्गा कुँदेर बनाइएका सिंढी । रेसुङ्गा पोखरीदेखि यज्ञशाला हुँदै सिद्धबाबाको मन्दिरसम्म बनाइएको सिंढीले आवत–जावतको सहज हुनुका साथै पर्यटन पर्वद्धनका लागि सहयोग पुगेको छ ।

पर्यटन

डोल्पाको धो बस्ती शिरमा हिमाल

डोल्पाको धो बस्ती शिरमा हिमाल

जाजरकोट । लगातार बेमौसमी पानी परेर रोकिएपछि खुलेको मौसमसँगै डोल्पो बुद्ध गाउँपालिका डोल्पाको धो बस्तीका साथ शिरमा हिउँले सेताम्य भएको हिमाल।

जीवनशैली

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

एजेन्सी । शरीरमा पानीको मात्रा कम हुनुको असर शरीरिक रुपबाट मात्र नभई मानसिक रुपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसन मा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने, रिसाउने, अल्छि हुँने, काममा केन्द्रीत हुन नसक्ने र दुखी रहने गरेको पाइयो ।