तालपोखरामा डुङ्गा चल्यो

पाल्पा । पर्यटकीय गन्तव्यस्थल रहेका तालपोखरामा डुङ्गा सुचारु भएपछि चहलपहल बाक्लिदैछ । पहिलो चरणको कोरोनाको कहर सुरु भएदेखि नै स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै बन्द गरिएको थियो । रामपुर नगरपालिका ६ स्थित यस पर्यटकीय तालपोखरामा डुङ्गा सयर गर्दै तस्बिर खिचाउने, टिकटक बनाउने र ताल वरपर घुम्ने आन्तरिक पर्यटक बढ्दैछन् । विस्तृतमा


बञ्जीमा रमाउँदै पर्यटक

बञ्जीमा रमाउँदै पर्यटक

कास्की । पोखरा महानगरपालिका–२५, हाइग्राउण्ड एडभेन्चर्सले सञ्चालन गरेको बञ्जीमा रमाउँदै काठमाडौँका आन्तरिक जोडी पर्यटक । तस्बिरः जमुनावर्षा शर्मा÷रासस

कुहिरोले ढाकेको भोजपुर

कुहिरोले ढाकेको भोजपुर

खोटाङ । खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल निकासबाट हेर्दा देखिएको कुहिरोले ढाकेको भोजपुरको दृष्य ।

बन्दाबन्दीले बसाल्यो आन्तरिक पर्यटनको जग

बन्दाबन्दीले बसाल्यो आन्तरिक पर्यटनको जग

पाँचथर । कोभिड–१९ को महामारीसँग जुध्न जारी गरिएको बन्दाबन्दी (लकडाउन) ले समाजका धेरै क्षेत्रमा निकै गहिरो प्रभाव पारेको छ । बन्दाबन्दीले आम मानिसको जीवनमा गम्भीर समस्याहरु सिर्जना गरेको भए पनि केही सकारात्मक प्रभाव पनि यहाँ देखिन थालेका छन् । गत चैत ११ गतेदेखि कडाइका साथ लागू गरिएको बन्दाबन्दीले आम मानिसको दैनिकीमा नै परिवर्तन ल्यायो ।

पर्यटक आगमनमा ८० प्रतिशत गिरावट

पर्यटक आगमनमा ८० प्रतिशत गिरावट

काठमाडौँ । सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार हवाईमार्ग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थबाट एक लाख ८३ हजार १३० तथा स्थलमार्ग हुँदै ४६ हजार ९५५ जना पर्यटक नेपाल आएका हुन् ।

माघदेखि घान्द्रुक र अन्नपूर्ण आधार शिविर खुला हुने

माघदेखि घान्द्रुक र अन्नपूर्ण आधार शिविर खुला हुने

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको महत्वपूर्ण पर्यटकीय गन्तव्य र अन्नपूर्ण आधार शिविर (एविसी) पदमार्गको मुख्य प्रवेश विन्दु घान्द्रुक गाउँ १० महिनापछि पर्यटकका लागि खुला हुने भएको छ । साहशिक ग्रामीण पर्यटनको गन्तव्य घान्द्रुक गाउँ र विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर जानका आगामी माघ १ गतेदेखि पर्यटकका लागि खुला गरिने घान्द्रुक पर्यटन व्यवस्थापन समितिले शनिबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी जनाएको हो ।

काभ्रेको सुन्दर बुच्चकोट र बाँसखर्क वस्ति

काभ्रेको सुन्दर बुच्चकोट र बाँसखर्क वस्ति

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं २ बाँसखर्क र बुच्चकोट वस्ति । विपी राजमार्ग भन्दा माथिको अग्लो भूगोलमा रहेको वस्तिमा पचिल्लो समयमा निर्माण भएको भूकम्प प्रतिरोधी घरहरुले वस्तिमा थप सुन्दरता थपिएको छ ।

रानीकोटदेखि नगरकोटसम्म स्वदेशी पर्यटक

रानीकोटदेखि नगरकोटसम्म स्वदेशी पर्यटक

भक्तपुर । कोरोना भाइरस सङ्क्रमणका कारण गत चैतदेखि थलिएको पर्यटन व्यवसाय चलायमान हुने क्रम शुरु हुँदै गर्दा अङ्ग्रेजी नयाँ वर्ष–२०२१ ले आशा जगाएको छ । अङ्ग्रेजी नयाँ वर्ष मनाउन भक्तपुरका पर्यटकीय क्षेत्र रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटकले भरिएका छन् । यहाँका अधिकांश होटरल आन्तरिक पर्यटकले भरिएका छन् ।

चित्लाङमा चार पाङ्ग्रे मोटरसाइकल ‘क्वाड’ चढ्नेको धुइरो

चित्लाङमा चार पाङ्ग्रे मोटरसाइकल ‘क्वाड’ चढ्नेको धुइरो

मकवानपुर । अङ्ग्रेजी नयाँ वर्ष २०२१ शुरु हुनै लाग्दा मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङमा पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको छ । पर्यटक आगमनसँगै नेपालमै पहिलो पटक व्यावसायिकरूपमा शुरु गरिएको चार पाङ्ग्रे मोटरसाइकल ‘क्वाड’ चढ्नेको धुइरो लाग्न थालेको छ ।

पाथीभराबाट देखिएको हिमश्रृङ्खलासहित रमणीय दृश्य

पाथीभराबाट देखिएको हिमश्रृङ्खलासहित रमणीय दृश्य

ताप्लेजुङ । ताप्लेजुङ अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट देखिएको हिमश्रृङ्खलासहित रमणीय दृश्य । तस्बिरः सन्तोष पुर्कुटी÷रासस

पर्यटकको आकर्षक गन्तव्य ढोरपाटन

पर्यटकको आकर्षक गन्तव्य ढोरपाटन

पोखरा । बाग्लुङको पर्यटकीयस्थल ढोरपाटन क्षेत्र । शिकार आरक्षका रुपमा रहेको यो स्थलमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षक गन्तव्य हो । ढोरपाटन नेपालको एक मात्र शिकार आरक्ष हो । यो आरक्ष पश्चिम नेपालमा धौलागिरी हिमश्रृंखला भित्र रुकुम, म्याग्दि र बाग्लुङ गरी तीन जिल्लामा फैलिएको छ, जसको क्षेत्रफल १ हजार ३२५ वर्ग किलोमिटर रहेको छ ।

पर्यटन

खुल्यो मुक्तिनाथ मन्दिर

खुल्यो मुक्तिनाथ मन्दिर

म्याग्दी । मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ ।

जीवनशैली

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

एजेन्सी । अल्कोहलबाट केही समयको लागि खुसी मिले पनि यो लामो समयका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ । अल्कोहोल पिउनेहरुलाई अल्कोहल पिउँदा नपिउनेहरुभन्दा धेरै खुसी मिल्नेगर्छ । तर, खुसी हुनका लागि पिउनेहरु जसलाई अल्कोहलको लत लागेको छ उनीहरु आफ्नो जीवनदेखि कम सन्तुष्ट हुन्छन् ।

विचित्र विश्व

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

एजेन्सी । ब्राजिलमा एउटा अनौठो घटना घटेको छ । एक जना प्रेमीले झुक्किएर आफ्नी प्रेमिकाको आँखामा ग्लु राखिदिन पुगे । ५५ वर्षिय रेजिना अर्नामा दर्दनाक रोग ग्लुकोमाबाट शिकार छिन् । उनलाई दैनिक आइड्रप राख्नुपर्छ ।