सन्दीपले लंका प्रिमियर लिग खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
विस्तृतमा
सप्तरीमा राष्ट्रिय महिला कबड्डी हुने
सप्तरी। सप्तरीमा सोमबारदेखि राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा देशभरका नौ टोलीको सहभागिता हुने छ। जिल्ला कबड्डी सङ्घको आयोजनामा तीन दिनसम्म सञचालन हुने उक्त प्रतियोगिताको विजेता र उपविजेतालाई पुरस्कृत गरिने प्रतियोगिता मूल व्यवस्थापन समितिका संयोजक अरबिन्दकुमार झाले जानकारी दिए।
‘रेस्लिङ च्याम्पियनसीप’को उपाधि नुवाकोटे टाइगरलाई

झापा । मदन भण्डारीको ७१औँ जयन्तीका अवसरमा कमल गाउँपालिकामा आयोजना गरिएको चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसीपको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । उपाधिसँगै उनले रु एक लाख २५ हजार नगद पुरस्कार प्राप्त गरे ।
पोखरा स्पोर्ट्स अवार्डः अरुणा र प्रदीप वर्ष उत्कृष्ट खेलाडी

पोखरा । पोखरामा शनिबार साँझ सम्पन्न छैटौँ संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड–२०७८’ अन्तर्गत वर्ष उत्कृष्ट खेलाडीको उपाधि महिलातर्फ भलिबलका अरुणा शाही र पुरुषतर्फ टेनिसका प्रदीप खड्काले जित्न सफल भएका छन् ।
दिवाकर गुरुङ यू–२० राष्ट्रिय टोलीको टिम म्यानेजरमा नियुक्त

काठमाडौँ। दिवाकर घले गुरुङ यू–२० राष्ट्रिय टोलीको टिम म्यानेजरमा नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार महावीर क्लबका अध्यक्ष समेत रहेका गुरुङले आगामी जुलाई २५ देखि अगस्ट ३ सम्म भारतमा हुने साफ यू–२० च्याम्पियनसिपमा टोलीको जिम्मेवारी सम्हाल्ने छन्।
विम्बल्डन टेनिसः नाडाल तेस्रो चरणमा प्रवेश

काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।
फिफाले पाकिस्तानमाथिको प्रतिबन्ध हटायो

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथिको प्रतिबन्ध हटाएको छ ।
एन्फा महासचिव राईसहित तीन सदस्यीय टोली साफको कंग्रेसमा सहभागी हुने

काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईसहित तीन सदस्यीय टोली दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कंग्रेसमा सहभागी हुने भएको छ। एन्फाका अनुसार साफको साधारणसभामा महासचिव राईसँगै केन्द्रीय सदस्य विकासनारायण श्रेष्ठ र न्युरोड टिम एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशी बिहीबार बंगलादेशको राजधानी ढाका प्रस्थान गर्दैछन्।
लोनमा इन्टरमा अनुबन्ध भए लुकाकु

एजेन्सी । गएको सिजन सुरु हुनपुर्व चेल्सीले ठुलो अपेक्षाका साथ रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गरेको थियो ।
३२ मिलियन तिर्दै बोटम्यानलाई न्युकासलले अनुबन्ध गर्यो

एजेन्सी । यस सिजन बलियो सुरुवात गर्ने अपेक्षा लिएको न्युकासल युनाईटेडले डिफेन्डर स्वेन बोटम्यानलाई अनुबन्धलाई ३२ मिलियनमा अनुबन्ध गरेको छ । डच डिफेन्डरले क्लबसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
एन्फाका नवनिर्वाचित कार्यसमितिलाई बालुवाटार बोलाएर प्रधानमन्त्री देउवाले बधाई दिए

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित कार्यसमिति सदस्यहरुलाई बधाई दिएका छन्।प्रधानमन्त्री देउवाले बुधबार नवनिर्वाचित टोलीलाई सरकारी निवास बालुवाटारमा भेट गरेर बधाई दिएका हुन्।
खेल ट्रेण्डिङ्ग
- पिएसजीको मुख्य प्रशिक्षकमा गल्टियर नियुक्त
- सन्दीपले लंका प्रिमियर लिग खेल्ने
- एन्फा अध्यक्ष नेम्वाङले रेणुका नगरकोटको चोटको बारेमा जानकारी लिए
- साउदी अरेबिया फुटबल एसोसियसनद्वारा एन्फाका नवनिर्वाचित अध्यक्ष पंकज बिक्रम नेम्वाङलाई बधाई
- बार्सिलोनाद्वारा यी दुई जना खेलाडी अनुबन्ध
- न्यूजिल्याण्ड बोर्डको ठूलो निर्णय, महिला क्रिकेटरले पुरुष सरह पैसा पाउने
- नेपालले क्यानडासँग खेल्दै
- नेपालसँग ओन्टारियो ५५ रनले पराजित
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।