मादी हत्या काण्डका आरोपीलाई आजीवन कारावासको फैसला
काठमाडौँ। संखुवासभाको मादी नगरपालिका–१ मा एकै परिवारका ६ जनाको हत्यामा संलग्नलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ।
६ जनाको हत्या प्रकरणमा ५ जना पक्राउ परेका थिए। ती मध्ये मध्ये ४ जनालाई आजीवन कारावास फैसला भएको हो। हत्यामा संलग्न एक बालकलाई भने २५ वर्षको दुई तिहाइ कारावास फैसला भएको छ।
विस्तृतमा
जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा)नेपालको केन्द्रीय कार्य समितिको बैठक यही असार २७ र २८ पर्साको वीरगञ्जमा हुने भएको छ । जसपा नेपाल केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टीको आगामी बैठक पर्साको वीरगञ्जमा बस्ने गरी बोलाइएको हो ।
लोसपाले कार्यकारिणी समितिको बैठक बोलायो
काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले कार्यकारिणी समितिको बैठक बोलाएको छ। सो पार्टीले शनिबारका लागि बैठक आह्वान गरेको हो। बैठकमा पार्टीका विधान, केन्द्रीय समिति, भ्रातृ सङ्गठन गठनलगायत अन्य समसामयिक विषयमा छलफल हुने कार्यकारिणी सदस्य उमाशङ्कर अरगरियाले बताए।
रवि लामिछाने नेतृत्वको पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौँ। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। आयोगले शुक्रबार पार्टीका सभापति लामिछानेलाई दल दर्ताको प्रमाण पत्र दिएको छ। पार्टी दर्ता भएपछि निर्वाचन आयोग परिसरमा बोल्दै लामिछानेले पार्टीको चुनाव चिन्ह गोलाकारभित्रको घन्टी भएको जानकारी दिए।
जनक शिक्षाका प्रबन्ध निर्देशकमाथि कालोमोसो

काठमाडौँ। विप्लव नेतृत्वको नेकपाका विद्यार्थी संगठनले जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशिक अनिल कुमार झालाई कालोमोसो दलेको छ। पाठ्यपुस्तकको कृतिम अभाव गराएको तथा भ्रष्टाचार गरेको आरोप लगाउँदै विप्लवका विद्यार्थीहरुले शुक्रबार कालोमोसो दलेका हुन्।
अब परिवर्तनकै लागि कुनै आन्दोलन गर्न आवश्यक छैनः सुवास नेम्वाङ

विराटनगर। नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नेपालमा अब परिवर्तनकै लागि कुनै आन्दोलन गर्न आवश्यक नरहेको बताएका छन्। संविधानसभाका अध्यक्ष समेत रहेका नेता नेम्वाङले परिवर्तन चाहनेहरूले जनताको मन जितेर सहजैरुपमा मुलुकमा जुनसुकै खालको परिवर्तन पनि ल्याउन सक्ने बताए।
साउन ५ र ६ मा राप्रपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ। साउन ५ र ६ गते काठमाडौँमा केन्द्रीय समिति बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। राप्रपाले समसामयिक राजनीति, चुनावी समीक्षा, अब हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन तयारी र रणनीतिलगायत विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको बताएको छ।
राष्ट्रिय सभा बैठकबाट ३ वटा विधेयक पारित
काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदको बहिष्कारका बीच राष्ट्रिय सभा बैठकबाट आउँदो वर्षको बजेटसँग सम्बन्धित तीन वटा विधेयक पारित भएको छ। राष्ट्रिय सभाको आज शुक्रवार बसेको बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले पेस गरेको औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतीले पारित गरेको हो।
राष्ट्रिय सभाबाट रेल्वे विधेयक पारित
काठमाडौँ। राष्ट्रिय सभाबाट रेल्वे विधेयक सर्वसम्मत पारित भएको छ। शुक्रबार बसेको राष्ट्रिय सभा बैठकले सो विधेयकमाथि दफावार छलफल गरेर फास्ट ट्रयाकमा पारित गरेको हो।
वामदेवले बोलाए सचिवालय बैठक

काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले सचिवालय बैठक बोलाएका छन् । संयोजक गौतमले आफ्नो निवास भैँसेपाटीमा शुक्रबार दिउँसो सचिवालय बैठक बोलाएका हुन् ।
एमाले सांसदले गरे राष्ट्रियसभा बैठक बहिस्कार

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले राष्ट्रियसभाको आजको बैठक बहिस्कार गरेका छन् । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट पारित ‘आर्थिक विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।
राजनीति ट्रेण्डिङ्ग
- कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्दै
- कांग्रेस पदाधिकारी बैठकः निर्वाचन कानून मस्यौदाबारे छलफल
- नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय
- सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै
- पार्टीको पदाधिकारीसहित बाँकी कमिटीहरु टुंग्याउने जिम्मा प्रचण्डलाई
- 'अघिल्लो सरकारको पालामा भन्दा अहिले झण्डै दोब्बरले मूल्यवृद्धि भयाे'
- अध्ययन समितिले मुख्यमन्त्री राउतलाई बुझायो प्रतिवेदन
- मादी हत्या काण्डका आरोपीलाई आजीवन कारावासको फैसला
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।