नेकपा कसको भन्ने टुंगो फागुन २० मा लाग्ने

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नामको दल कसको भन्ने विवादको निर्णय यही फागुन २० गते दिने भएको छ । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बिहिबार नेपाल कम्युनिष्ट पाटी (नेकपा) ले आफ्नो पार्टीसँग नाम जुधाएका विवादमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले दायर गरेको रिट निवेदनको सुनुवाइ सकिएपछि फैसला सुनाउने मिति तोकिएको हो । विस्तृतमा


काँग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक बस्दै

काँग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकमा महासमिति बैठकले पारित गरेको पार्टीको विधान, नेपाल विद्यार्थी सङ्घको वर्तमान केन्द्रीय कार्यसमिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कपाल खौरेर आमाको किरिया गरेकी सांसद उषाकला राईको यस्तो प्रतिक्रिया

कपाल खौरेर आमाको किरिया गरेकी सांसद उषाकला राईको यस्तो प्रतिक्रिया

खोटाङ । प्रदेश नं १ का सांसद उषाकला राईले समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न कपाल मुण्डन गरेर आमाको श्रद्धामा किरियापुत्री बसेको बताएकी छिन् । आफूलाई जन्माएर हुर्काउनाका साथै अहिले यो अवस्थामा पुर्याउने आमाको निधनपछि कपाल मुण्डन गरी सेतो वस्त्र धारण गरेपछि आफू हलुका र शक्तिशाली महसुस भएको उनले जानकारी दिइन् ।

कम समय सत्तामा बसेर कांङ्ग्रेसले हिंसा र दमनविरुद्ध काम गरेको नेता महेश आचार्यको भनाई

कम समय सत्तामा बसेर कांङ्ग्रेसले हिंसा र दमनविरुद्ध काम गरेको नेता महेश आचार्यको भनाई

बेझाड । नेपाली काङ्ग्रेसका नेता महेश आचार्यले जनमतको सदुपयोग गर्दै रचनात्मक खालको काम गर्न सरकारलाई आग्रह गरेको छ । पाल्पाको रामपुरमा आज काङ्ग्रेस कार्यकर्तासँगको भेटघाट कार्यक्रममा पूर्वअर्थमन्त्री आचार्यले दुई तिहाइ बहुमतको नेतृत्व गरेको सरकारले एक वर्षमा विकासको प्रत्याभूति जनतालाई दिन नसकेको विचार व्यक्त गर्दै भने

प्रचण्ड र सीताको स्वास्थ्यमा सुधार

प्रचण्ड र सीताको स्वास्थ्यमा सुधार

काठमाडौँ । भाइरल ज्वरोबाट बिरामी परेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । ज्वरोबाट प्रभावित भएपछि अध्यक्ष दाहालले मंगलबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए । चिकित्सकले पूर्वप्रधानमन्त्री दाहाललाई दुई/तीन दिन घरमै आराम गर्न सुझाव दिएको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

शिक्षाकाे व्यापारीकरण सदाकाे लागि बन्द हुन्छ : सञ्चारमन्त्री बाँस्काेटा

शिक्षाकाे व्यापारीकरण सदाकाे लागि बन्द हुन्छ : सञ्चारमन्त्री बाँस्काेटा

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शिक्षाको व्यापारीकरण सदाका निम्ति बन्द हुने बताएका छन् । मण्डनदेउपुर नगरपालिका–४ चैनपुरस्थित महाकाली माध्यमिक विद्यालयको ५८औँ वार्षिकउत्सव तथा नवनिर्मित भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘शिक्षा र स्वास्थ्यमा व्यापारीकरण सदाका निम्ति बन्द गर्दैछौँ, अब एक कक्षामा पाँच लाख रुपैयाँ र डाक्टर बनाउन ८० लाख रुपैयाँ खर्च गराउने दिनको अन्त्य हुँदैछ, नेपालमा अब यो चल्दैन ।’

निर्वाचनमा काँग्रेस हारेर एकदमै ठीक भयाे : विश्वप्रकाश शर्मा

निर्वाचनमा काँग्रेस हारेर एकदमै ठीक भयाे : विश्वप्रकाश शर्मा

घोराही । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सङ्घीय, प्रदेश एवमं स्थानीय निर्वाचनमा काङ्ग्रेसले हारेर एकदम ठीक भएको बताएका छन् । काङ्ग्रेस दाङ क्षेत्र नं. ३ को क्षेत्रीय भेलालाई आज सम्बोधन गर्दै प्रवक्ता शर्माले काङ्ग्रेसले हारेको हुँदा पार्टी सुधारको मौका मिलेको र हारले गतिलो पाठ सिकाएर गएको धारणा राखे । उनले पार्टीले हार व्यहोरेपछि नै पार्टीभित्र सुधारको सङ्केत देखिएको बताए ।

गृहमन्त्री थापा र इजरायली राजदूतबीच भेटवार्ता

गृहमन्त्री थापा र इजरायली राजदूतबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा 'बादल' सँग नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो । भेटमा गृहमन्त्री थापाले नेपालको विविधि क्षेत्रमा इजरायलले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

मन्त्रीकाे राजीनामा माग्दै संसद भवन पुगेका २१ अभियानकर्मी पक्राउ

मन्त्रीकाे राजीनामा माग्दै संसद भवन पुगेका २१ अभियानकर्मी पक्राउ

काठमाडौँ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा धर्ना दिँदै आएका मानवअधिकार तथा शान्ति समाजका २१ अभियानकर्मी पक्राउ परेका छन् । प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाईं, डा. गङ्गाधर अधिकारी, सचिव बलबहादुर गाहामगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य गीता तिमल्सिना, काठमाडौँ शाखाका कार्यबाहक सभापति जगन्नाथ पुडासैनी, ललितपुर शाखाका सभापति चन्द्रमणि बञ्जारा, अधिकारकर्मी ईश्वर पुडासैनी, सुकदेव अधिकारी, बिपी पौडैल, ईश्वरी नेपाल, रुपा गिरी, बाबुराम न्यौपानै, नारायण श्रेष्ठ, विनित अर्याल, किरण ढकाल, मुरारीप्रसाद फुयाल, नानीकाजी गिरी र अमृतजङ्ग महतलाई पक्राउ गरेको हो ।

बुहारी र श्रीमतिसँगै अध्यक्ष प्रचण्ड पनि अस्वस्थ

बुहारी र श्रीमतिसँगै अध्यक्ष प्रचण्ड पनि अस्वस्थ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाइरल ज्वरोका कारण अस्वस्थ भएका छन् । चिकित्सकको सल्लाहबमोजिम उनी निवासमा आराम गरिरहेको बताइएको छ । प्रचण्डको सचिवालयका अनुसार चिकित्सकले केही दिन धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् ।

क्यानडा, स्वीट्जरल्याण्ड र कुवेतका लागि राजदूत अनुमाेदित

क्यानडा, स्वीट्जरल्याण्ड र कुवेतका लागि राजदूत अनुमाेदित

काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सरकारद्वारा विभिन्न मुलुकमा सिफारिश भएका तीन राजदूतलाई आज अनुमोदन गरेको छ । समिति बैठकले राजदूतमा सिफारिश भएका क्यानडाका लागि भृगु ढुङ्गाना, स्वीट्जरल्याण्डका लागि मणिप्रसाद भट्टराई र कुवेतका लागि दुर्गाप्रसाद भण्डारीलाई अनुमोदन गरेको हो ।

राजनीति ट्रेण्डिङ्ग

पर्यटन

फेवातालको क्षेत्रफलः पहिले २२ हजार रोपनी, अहिले ११ हजार २५५ रोपनी

फेवातालको क्षेत्रफलः पहिले २२ हजार रोपनी, अहिले ११ हजार २५५ रोपनी

पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल पाँच दशमवल ७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार २५५ रोपनी ११ आना एक पैसा कायम गरेको हो ।

जीवनशैली

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।

विचित्र विश्व

भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।