सरकारसँगको तीन बुँदे सहमति पालना गर्न प्रतिबद्ध छौंः विप्लव

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारसँगको तीन बुँदे सहमति पालना गर्ने प्रतिबद्धता जनाउनुभएको छ । शुक्रबार राष्ट्रिय सभा गृहमा भएको सहमति हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले आफूहरु सरकारसँगको सहमति पालना गर्न प्रतिबद्ध रहेको बताए । विस्तृतमा


डा. कोइराला भन्छन्- ‘संसदीय सर्वोच्चताको मात्रै व्याख्या भयो’

डा. कोइराला भन्छन्- ‘संसदीय सर्वोच्चताको मात्रै व्याख्या भयो’

बनेपा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले अहिलेको सरकार दुई तिहाई बहुमतका भएका कारण संवैधानिक सर्वोच्चताको कुरा बिर्सेर संसदीय सर्वोच्चताको मात्रै व्याख्या भएको बताएका छन् ।

मुस्लिम आयोगका प्रस्तावित अध्यक्षकाे कागजात संसदीय समितिले अध्ययन गर्ने

मुस्लिम आयोगका प्रस्तावित अध्यक्षकाे कागजात संसदीय समितिले अध्ययन गर्ने

काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीको कागजात अध्ययन गर्ने निर्णय गरेको छ । समितिको सिंहदरबारमा बसेको बैठकले अन्सारीमाथि परेको उजुरीकर्तासँगको छलफलपश्चात् नागरिकता, शैक्षिक प्रमाणपत्रको कागजात अध्ययन गर्ने भएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

'नयाँ ढंगले अघि नबढे काँग्रेसकाे अस्तित्व संकटमा'

'नयाँ ढंगले अघि नबढे काँग्रेसकाे अस्तित्व संकटमा'

काठमाडौँ । नेपाली काङ्ग्रेसलाई नयाँ ढङ्गले अगाडि लैजान नसके पार्टीको अस्तित्व नै खतरामा पर्नसक्ने काङ्ग्रेस नेता एवं बुद्धिजीवीहरुले बताएका छन् । ६८औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरिएको ‘काङ्ग्रेसको अबको जिम्मेवारी’ विषयक अन्तरसंवादमा पार्टी रणनीतिक रुपमा अगाडि बढ्नु जरुरी रहेको बताएका हुन् ।

पश्चिम सेती निर्माण यही सरकारले गर्छ : प्रम ओली

पश्चिम सेती निर्माण यही सरकारले गर्छ : प्रम ओली

अमरगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिम सेती जलविद्युत् आयोजना यसै सरकारको पालामा निर्माण हुने बताएका छन् । नेपाल विद्युत् प्राधिकरण स्याउले १३२/३३/१२१ केभी सबस्टेशन उद्घाटन गर्न डडेल्धुरा अमरगढी नगरपालिका–१ दूधकाँडेमा पुगेका प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशमा विधुतीकरण, सडक यातायात, शिक्षा बेरोजगारजस्ता समस्या समाधान गर्ने बताए ।

मुलुकमा रूपान्तरणकाे ढाेका खुल्याे : राष्ट्रपति भण्डारी

मुलुकमा रूपान्तरणकाे ढाेका खुल्याे : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयको राजनीतिक सङ्क्रमण र अन्योलतालाई चिर्दै गठन भएको स्थिर सरकारले मुलुकमा सामाजिक, आर्थिक रुपान्तरणको ढोका खोलेको बताएकी छन् । राष्ट्रपति भण्डारीले राष्ट्रलाई समुन्नत बनाउने यस महत्वपूर्ण अवसरको पूर्ण सदुपयोग गर्न सबै राजनीतिक दल, प्रवुद्ध वर्ग र आम समुदायको एकता, सक्रिय सहयोग र सहकार्यको आवश्यकता रहेको औँल्याए ।

देशकाे प्रधानमन्त्री केपी ओली कि कमल थापा ? तस्वीर हेरेर नझुक्किनुहाेला...

देशकाे प्रधानमन्त्री केपी ओली कि कमल थापा ? तस्वीर हेरेर नझुक्किनुहाेला...

काठमाडौँ । राजसंस्थाको पुनःर्स्थानपना र हिन्दुराष्ट्रको माग गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले २२ सूत्रीय मागसहित सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । राप्रपा अध्यक्ष थापा मंगलबार पार्टीका अन्य पदाधिकारी सहित प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउन गएका थिए । ज्ञापनपत्र बुझाउन गएका अध्यक्ष थापासहितका पदाधिकारीहरूले प्रधानमन्त्री निवासमा पुग्दा भने अनौठो दृश्यको सामना गर्नुपर्‍यो ।

स्ववियु निर्वाचन २०७५ सालभित्रै : शिक्षामन्त्री पाेखरेल

स्ववियु निर्वाचन २०७५ सालभित्रै : शिक्षामन्त्री पाेखरेल

प्यूठान । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले २०७५ सालभित्रै स्ववियु निर्वाचन गरिसक्नुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घ प्यूठान जिल्ला शाखाले आज मङ्गलबार नयाँबजार जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नयाँ शैक्षिक वर्षका लागि कार्यतालिकामा सुधार गर्न सरकार लागिएकाले यही शैक्षिक वर्षभित्रै स्ववियु निर्वाचन गरेर आगामी शैक्षिक वर्ष सुधारको वर्षको रुपमा अघि बढ्नुपर्ने बताएका हुन् ।

प्रजातन्त्र दिवस मनाउने कार्यक्रममा काँग्रेस किन अनुपस्थित ?

प्रजातन्त्र दिवस मनाउने कार्यक्रममा काँग्रेस किन अनुपस्थित ?

चितवन । ६९ औं प्रजातन्त्र दिवसका अवसरमा भरतपुरमा आयोजित जिल्लास्तरीय कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस अनुपस्थित भएको छ । जिल्ला समन्वय समितिको संयोजनमा भएको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक पार्टीका नेताहरु, स्थानीय प्रहरी प्रशासनका प्रमुख, उद्योगी, ब्यवसायी, नागरिक समाज, सरकारी कर्मचारी लगायतको सहभागीता रहेको थियो ।

अन्ततः वरिष्ठ न्यायाधीश दीपकराज जाेशीले दिए राजीनामा

अन्ततः वरिष्ठ न्यायाधीश दीपकराज जाेशीले दिए राजीनामा

काठमाडौँ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले आफ्नो पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएका हुन् ।

सोचेअनुरुपको काम नभएपछि मन्त्री हेरपफेरको तयारी, ओली र प्रचण्डबीच भद्र सहमति

सोचेअनुरुपको काम नभएपछि मन्त्री हेरपफेरको तयारी, ओली र प्रचण्डबीच भद्र सहमति

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीभित्र सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने तयारी शुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गर्ने भद्र सहमति भएको हो ।

पर्यटन

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।

जीवनशैली

तौल घटाउने सजिलो उपाय

तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।