ओलीलाई बुर्जुवाको संज्ञा दिँदै प्रचण्डले भनेः बुर्जुवाहरूले विज्ञापन राम्रो गर्ने तर कुहिएको माल विक्री गर्न लेबल राम्रो गर्छन्
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुर्जुवाको संज्ञा दिएका छन् । काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीलाई उक्त संज्ञा दिएका हुन् ।
विस्तृतमा
कात्तिक १० गते नेकपाकाे शुभकामना अादनप्रदान तथा चियापान

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दसैँ, तिहार तथा छठको उपलक्ष्यमा कात्तिक १० गते चियापान कार्यक्रम गर्ने तय भएको छ । महासचिव विष्णु पौडेलको संयोजकत्वमा पार्टी कार्यालय धुम्बराहीमा बसेको तयारी समितिको बैठकले १० गते शनिबार भृकुटीमण्डपमा कार्यक्रम गर्ने निर्णय गरेको हो ।
सुदूरपश्चिमको राजधानीबारे पुनःविचार गर्न काँग्रेसकाे माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा राख्ने निर्णयमा पुनःविचार गर्न माग गरेको छ । काङ्ग्रेसले सुदूरपश्चिम प्रदेशसभाले भौतिक पूर्वाधार नै नभएको वातावरणीय दृष्टिकोणले नमिल्दो स्थान कैलालीको गोदावरी नगरपालिकाको २ र ४ मा राख्ने गरी गरिएको निर्णय अपरिपक्व, विकास विरोधी र भू तथा वन माफियाको चलखेलबाट प्रभावित भएको आरोप लगाएको छ ।
प्रतिपक्षीकाे भूमिका कमजाेर भयाे : डा. शेखर काेइराला

चितवन । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले प्रमुख प्रतिपक्षको भूमिकामा पार्टी कमजोर रहेको बताएका छन् । पत्रकारसँग भरतपुरमा कुराकानी गर्दै नेता कोइरालाले प्रमुख प्रतिपक्ष बलियो हुनुपर्ने बताएका हुन् । कोइरालाले निर्मला पन्तको बलात्कारपछि हत्या, मूल्यवृद्धि, भ्रष्टाचारलगायतका विषयमा विपक्षीको हैसियतले गर्नुपर्ने जति भूमिका काङ्ग्रेसले निर्वाह गर्न नसकेको बताए ।
माधवकुमार नेपालकाे असन्तुष्टीमाथि नेकपामा असाेज २४ गते छलफल हुने

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालकाे असन्तुष्टीमाथि असाेज २४ गते बस्ने नेकपाकाे सचिवालय बैठकमा छलफल हुने भएकाे छ । नेकपाकाे अाज सम्पन्न सचिवालय बैठकमा नेता नेपालकाे असन्तुष्टी र आन्तरिक समीक्षाका लागि यही असोज २४ गते बिहान बस्ने सचिवालयको अर्को बैठकमा छलफल जानकारी दिइएकाे हाे ।
विवाद टुंगाे नलागेपछि नेकपाकाे सचिवालय बैठक स्थगित

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । नेताहरुबीचको विवादको टुंगो लाग्न नसकेपछि आज बोलाइएको सचिवालय बैठक स्थगित भएको हो । आजको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले दर्ता गराएको ‘असहमति पत्र’ र मातहतका कमिटी एकता प्रक्रियाको विषयमा छलफल हुने बताइएको थियो ।
गोरखा पुगेर प्रचण्डले भने, ‘आफूभित्रको गुट उपगुट त्यागौं’
गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूभित्रको गुट उपगुट त्याग्न कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । शनिबार गोरखामा कार्यकर्तालाई प्रशिक्षण मन्तव्य राख्दै अध्यक्ष प्रचण्डले गुटले आफूलाई नै कमजोर बनाउने बताएका हुन् ।
११ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा विनोद शर्मा

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ११ जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)हरुलाई प्रहरी नायब महानिरीक्षक (डिआईजी) बढुवामा सिफारिस गरेको छ । शनिवार बसेको बढुवा समितिको बैठकले बिनोद शर्मा घिमिरेलाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ भने विकास श्रेष्ठ दुई नम्बरमा डिआईजी बढुवाका लागि सिफारिस भएका छन् ।
नेकपाभित्र सञ्चारमाध्यममा आएजस्तो विवाद भएको छैनः महासचिव पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले पार्टीभित्रका समस्या निराकरणमा केन्द्रित भएको बताएका छन् । आफ्नै निवासमा रासससँग कुराकानी गर्दै उनले पार्टीभित्रका समस्यालाई चाँडै समाधान गरी पार्टी एकतालाई टुङ्ग्याउने बताए ।
प्रदेश र जिल्लाको पार्टी एकता छिट्टै टुङ्ग्याउँछौः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र जिल्लाको पार्टी एकतालाई छिट्टै टुङ्ग्याइने बताएका छन् । वडादशैँको अवसरमा नेकपा प्यूठान–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदनप्रदान’ कार्यक्रममा उनले भने, “पार्टी एकतालाई सुदृढ गरिन्छ, हिजो मात्रै प्रधानमन्त्रीसँग छलफल भएको छ, भोलि आइतबार पार्टी सचिवालयको बैठक बसेर प्रदेश जिल्लाको पार्टी एकता र जन सङ्गठनको एकतालाई छिट्टै टुङ्याउने गरी जाँदैछौ, यसमा कुनै समस्या छैन ।”
नेकपाभित्र विवाद चुलिँदै, कार्यकर्ता व्यापक रुपमा निराश

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्र एकताको प्रक्रियालाई लिएर शुरु भएको विवाद मिलाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच वार्ता शुरु भएको छ ।
राजनीति ट्रेण्डिङ्ग
- ‘उहाँलाई चुनाव गर्नु छैन, संकटकाल लगाएर भएपनि प्रधानमन्त्री भइरहन खोजेको मात्रै हो’
- प्रदेश १ मा नयाँ ट्वीस्ट, मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३ जनाले हस्ताक्षर फिर्ता लिने
- कृषि तथा वन विज्ञान विश्वविद्यालय: राजनीतिक भागबण्डाले अस्तव्यस्त
- नेकपा फुट्नुमा यी नेताहरु मुख्य दोषीः वामदेव गौतम
- 'म प्रचण्ड गुटको मान्छे होइन'
- हुम्लामा प्रचण्ड–नेपाल र ओली समुहबीच झडप, वडाध्यक्ष घाइते
- अनेरास्ववियू उपत्यका स्तरिय भेलामा प्रचण्डको ‘उत्तेजक’ भाषण
- “राजनीति त्यागको पाटो हो, यो कुरा भक्ति तिमिल्सिनाबाट सिक्नुपर्छ”
पर्यटन
पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।
जीवनशैली
अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।
विचित्र विश्व
चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर लाखौँ मानिसहरुको ज्यान गुमाएको छ । कोरोना भाइरसबारे विभिन्न रहस्यहरु बाहिर आइनै रहेका छन् । यसैबीच बुहान लेबोरेट्रीका वैज्ञानिकहरुले एक गुफामा सेम्पल एकिकृत गर्ने समयमा चमेराले टोकेको कुरा स्वीकार गरेका छन् । उक्त गुफा कोरोना भाइरसबाट संक्रमित रहेको चमेराहरुको घर रहेको उनले स्वीकार गरेका छन् ।