मध्यरातमा गोकुल बाँस्कोटाको ट्वीटः संविधान संशोधन त गर्नै पर्छ पर्छ पर्छ

काठमाडौँ । पूर्वमन्त्री गोकुल बाँस्कोटाले संविधान संशोधन गर्नुपर्ने बताएका छन् । सोमबार राति ११ बजेर ३६ मिनेट जाँदा एक ट्वीट गरेर उनले संविधान संशोधनको विषय उठाएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली निकटका नेता बाँस्कोटाले कुन विषयमा संविधान संशोधन गर्ने भन्नेचाँही खुलाएका छैनन् । विस्तृतमा


संविधानसँग बाझिने कानुन स्वतः खारेज

संविधानसँग बाझिने कानुन स्वतः खारेज

विराटनगर । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संविधानसँग बाझिने गरी प्रदेशले बनाएको कानून स्वतः खारेज हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सङ्घले संविधानअनुसार कानून निर्माण गर्ने हुनाले यस सम्बन्धमा प्रदेश सरकार अलमलिन नहुने बताए ।

निर्मला हत्याका सयदिन : अनुसन्धान अझै शंकामा

निर्मला हत्याका सयदिन : अनुसन्धान अझै शंकामा

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक सय दिन पूरा भएको छ । तर, अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन् । प्रहरीको अनुसन्धान उपलब्धिहीन देखिएको छ । अनुसन्धान सूक्ष्म र साँघुरो पार्दै लगिएको प्रहरी अझै दाबी गर्छ ।

सिंहदरबारभित्र सस्तो मेनु !

सिंहदरबारभित्र सस्तो मेनु !

काठमाडौं । संसद् सचिवालय सिंहदरबारले जसले सस्तोमा राम्रो खुवाउँछु भनेको छ उसैलाई क्यान्टिन चलाउनका लागि टेन्डर दिएको छ । कात्तिक ४ गतेबाट नयाँ व्यवस्थापनले क्यान्टिन चलाउन थालेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा यो खबर छ – सचिवालयका आन्तरिक सेवा तथा योजना शाखाका उपसचिव डिल्लीराम रिज्यालका अनुसार ३ वटा कम्पनीले टेन्डर फारम भरेका थिए ।

आज नेपाली कांग्रेसको चियापान

आज नेपाली कांग्रेसको चियापान

काठमाडौं । आज प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले चियापानको कार्यक्रम आयोजन गरेको छ । दशैं, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा पार्टीले ललितपुरस्थित केन्द्रीय कार्यालयमा जलपान तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेका हो । कार्यक्रममा सर्वसाधारणका साथै विशिष्ट व्यक्तित्वहरूलाई निमन्त्रणापत्र पठाएको कांग्रेसले जनाएको छ ।

प्रधानमन्त्री विरामी, अधिकांश नेता रोगी, देशको स्थिति खराब

प्रधानमन्त्री विरामी, अधिकांश नेता रोगी, देशको स्थिति खराब

काठमाडौं । यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालको शैयामा उपचाररत छन् । शिक्षामन्त्री गिरिराजमणि पोखरेल पनि अहिले विरामी छन् । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई उपचारका लागि विदेश जाँदै छन् । केहीसमयअघि क्यान्सरका कारण तत्कालिन प्रधानमन्त्री शुशील कोइरालाको निधन भयो । केहीदिनअघि मस्तिष्कघातका कारण नेता चक्रप्रसाद बास्तोलाको मृत्यु भयो । त्यस्तै, केही समयअघि नेता पोष्टवहादुर बोगटीको अल्पायूमै मृत्यु भयो ।

रामनगर झडपको सत्यतथ्य छानबिन गर्न नेकपाले प्रशासनलाई ज्ञापनपत्र बुझाइयो

रामनगर झडपको सत्यतथ्य छानबिन गर्न नेकपाले प्रशासनलाई ज्ञापनपत्र बुझाइयो

सर्लाही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीले रामनगर गाउँपालिका–४ बोहर्वामा दुईपक्षबीच भएको झडपमा गोली लागी मृत्यु भएको घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग गरेको छ । झडपमा गोली लागेर रामविलास महतोको मृत्यु भएको थियो । घटनापछि भइरहेको कुप्रचार, घटनालाई अनावश्यकरुपमा उत्तेजित बनाउन गरिएका क्रियाकलाप, सुनियोजितरुपमा यस्ता घटना सिर्जना गर्न विगतदेखि भएका गतिविधि र राजनीतिक पूर्वाग्रह राखी गरिएको कुप्रचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको नेकपा सर्लाहीले जनाएको छ ।

काङ्ग्रेसको चियापानमा एक लाखलाई निम्ता

काङ्ग्रेसको चियापानमा एक लाखलाई निम्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा शुक्रबार चियापान कार्यक्रमको आयोजना गर्दैछ । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करीब १ लाख व्यक्तित्वलाई निमन्त्रण गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । काङ्ग्रेसले शुक्रबार काठमाडौँ उपत्यकाको केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरेको जनाएको छ ।

स्वदेश फर्कने तयारीमा राष्ट्रपति भण्डारी

स्वदेश फर्कने तयारीमा राष्ट्रपति भण्डारी

कतार । राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कदै छिन् । मित्र राष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबार कतार भ्रमणमा गएकी थिइन् ।

डा. भट्टरार्इले दिए सडक संघर्षकाे चेतावनी

डा. भट्टरार्इले दिए सडक संघर्षकाे चेतावनी

काठमाडौँ । भ्रष्टाचार, महिला हिंसा, हत्या र बलात्कार लगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सडक संघर्ष गर्ने चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका संयोजक भट्टराईले काठमाडौँमा बुधबारबाट शुरु भएको पार्टीको १५औं संघीय बैठकको उद्घाटन गर्दै सरकारविरुद्ध आन्दोलनको चेतावनी दिएका हुन् ।

हत्याकाे विराेधमा प्रदर्शनमा उत्रिदैँ काँग्रेस

हत्याकाे विराेधमा प्रदर्शनमा उत्रिदैँ काँग्रेस

सर्लाही । आफ्ना कार्यकर्तालाई गोली हानेर हत्या गरेको विरोधमा काँग्रेसले मलंगवामा प्रदर्शन गर्ने भएको छ । मंगलबार सर्लाहीको रामनगर गाउँपालिकामा सत्तारुढ नेकपा र प्रतिपक्षी नेपाली काँग्रेसका कार्यकर्ताहरूबीच भएको झडपमा गोली चल्दा ५५ वर्षीय रामविलास महतोको मृत्यु भएको थियो ।

राजनीति ट्रेण्डिङ्ग

पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।