मध्यरातमा गोकुल बाँस्कोटाको ट्वीटः संविधान संशोधन त गर्नै पर्छ पर्छ पर्छ
काठमाडौँ । पूर्वमन्त्री गोकुल बाँस्कोटाले संविधान संशोधन गर्नुपर्ने बताएका छन् । सोमबार राति ११ बजेर ३६ मिनेट जाँदा एक ट्वीट गरेर उनले संविधान संशोधनको विषय उठाएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली निकटका नेता बाँस्कोटाले कुन विषयमा संविधान संशोधन गर्ने भन्नेचाँही खुलाएका छैनन् ।
विस्तृतमा
लौहपुरुष गणेशमान सिंहको १०४औँ जन्मजयन्ती

विसं २०४६ को जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको १०४औँ जन्मजयन्तीका अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको योगदानको चर्चा गरिँदै उहाँको शालिकमा माल्यार्पण गरियो । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । “स्व सिंह सङ्घर्षशील, त्यागी, लौहपुरुष, प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्ने नेता हुनुहुन्थ्यो”, उनले भने ।
राजनीतिक सहमतिका आधारमा पार्टी एकता– विजयकुमार गच्छदार

नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले नेपाली काँग्रेस र मधेशी जनअधिकार फोरम ९लोकतान्त्रिक० नेपालको एकता र एकीकरण राजनीतिक सहमतिबाट भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्ने क्रममा उहाँले सो कुरा बताए । नेपाली काँग्रेस पार्टीको उपसभापति पदमा आफ्नो मनोनीत विधानभन्दा पनि राजनीतिक सहमतिबाट भएको प्रसङ्ग उल्लेख गर्दै उपसभापति गच्छदारले हरेक क्रान्ति र आन्दोलन राजनीतिक सहमतिबाट नै टुङ्गिने भएकाले सोहीअनुरुप भएको हो भने ।
सरकारको विकल्प खोज्न हुँदैन– वरिष्ठ नेता नेपाल

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले सरकारको विकल्प खोज्न नहुने बताएका छन । रिपोर्टर्स क्लबले उहाँको निवासमा आयोजना गरेको देउसीभैलो कार्यक्रममा नेता नेपालले देश र जनतालाई विकास र समृद्धिमा लैजानका लागि सरकारसँग स्पष्ट दृष्टिकोण रहेको बताए ।
मङ्सिर ८ गते राजधानीमा नेकपाको बृहत प्रदर्शन: शिर्ष नेताले सम्बोधन गर्ने

नेपाल कम्युनिस्ट पार्टीले यही मङ्सिर ८ गते काठमाडौँमा बृहत् प्रदर्शन गर्ने भएको छ । मुलुकमा वृद्धि भइरहेको राष्ट्रघात, महँगी, भ्रष्टाचार, हत्या, हिंसा, दमन र अत्याचारका विरुद्ध जनतालाई सूचित गर्ने उद्देश्यले प्रदर्शन र जनसभा आयोजना गर्न लागिएको नेकपाले जनाएको छ । केही समयअघि बसेको नेकपाको केन्द्रीय समितिको बैठकले पार्टी राजनीति र कार्यक्रम जनसमुदायसमक्ष लैजान काठमाडौँकेन्द्रित प्रदर्शन र जनसभा गर्ने निर्णय गरेको थियो । जनसभालाई नेकपाका केन्द्रीय नेताहरूले सम्बोधन गर्ने जनाइएको छ ।
जनप्रतिनिधिलाई सडकको धुलो खान निम्तो

दिदीबहिनीले आफ्ना दाजुभाइलाई तिहारको निम्ता दिइरहेका बेला महोत्तरी बर्दिवास नगरपालिकाका सर्वसाधारणले भने आफ्ना जनप्रतिनिधिलाई सडकको धुलो खाने निम्ता दिएका छन् । बर्दिवास–जलेश्वर सडक छेउका बासिन्दाले तिहार पर्व शुरु भएसँगै नगरका चोकचोकमा भेला भएर सार्वजनिकरुपमै आफ्ना जनप्रतिनिधि र सडक विभागसम्बद्ध अधिकारीलाई यो सडक क्षेत्रमा आएर बुङ्बुङ्ती उडिरहेको धुलो खान सार्वजनिक निम्ता दिएका हुन् ।
मन्त्री लालबाबु पण्डितले कानूनी हैसियतभन्दा बढी गाडी प्रयोग गरेका छैनन्

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कानूनी हैसियतभन्दा बढी सवारी साधन प्रयोग नगरेको मन्त्रालयले जनाएको छ । मन्त्री पण्डितले अनावश्यक धेरै गाडी प्रयोग गरेको भनेर केही सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले आज विज्ञप्ति जारी गर्दै मन्त्रीले मन्त्रालयले उपलब्ध गराएको भन्दा बढी गाडी प्रयोग नगरेको बताएका छन् ।
अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उच्च : मन्त्री ज्ञवाली

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शान्ति प्रक्रियाको सफलता र समावेशी नयाँ संविधानका कारण अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उच्च भएको बताएका छन् । दशैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ महानगरपालिका– २८ कमिटीले आज अनामनगरमा आयोजना गरेको चियापान कार्यक्रममा मन्त्री ज्ञवालीले कतिपय मुलुकले नेपालको शान्ति प्रक्रियाका अनुभवलाई पछ्याउन थालेको बताए ।
आपसी तिक्ततालाई त्यागौँ : डा. कोइराला

पोखरा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले शुभकामना आदानप्रदानको माध्यमबाट आपसी तिक्तता र मतभिन्नतालाई त्यागेर अगाडि बढ्नुपर्ने आवश्यकतामाथि जोड दिएका छन् । काङ्ग्रेस कास्कीद्वारा आज पोखरामा आयोजित दशैँ, तिहार, नेपाल संवत्, छठ, ल्होसार पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले मुलुकलाई विकसित र समृद्ध बनाउन पार्टी–पार्टीबीच सौहार्दता हुन जरुरी रहेको उल्लेख गरे ।
आज काङ्ग्रेसको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आज केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने भएको छ ।
वर्षा सकियाे, अब सरकारकाे काममा तीव्रता अाउँछ : प्रचण्ड

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रको विकास र जनताको दीर्घकालीन उन्नति हुने सोचका साथ सरकार तीव्र गतिमा अघि बढिरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले सो निर्वाचनका समयमा जनता माझ गरेको घोषणा सरकारले पाँच वर्षभित्रमा पूरा गर्ने अठोट गरेको बताए ।
राजनीति ट्रेण्डिङ्ग
- प्रचण्डले योद्धाका छोराछोरीको बिजोग बनाएः ओली
- भोलि १ लाख कार्यकर्ता उतार्ने प्रचण्ड–नेपाल समूहको तयारी
- प्रधानमन्त्री ओलीको सम्बोधनः बुद्धिमान चोर भयो भने पुलिसले पनि पक्रन सक्दैन
- आगामी निर्वाचनमा ओली समूहको नेकपाले बहुमत ल्याउँछः विष्णु पौडेल
- सप्तरीमा प्रचण्ड–नेपाल समूहका ७ जना कार्यकर्ता पक्राउ
- शिक्षक हत्याको आरोपमा विप्लव समूहका मोरङ इन्चार्ज पक्राउ
- नेपाल–अमेरिका सम्बन्ध राष्ट्रपति वाइडेनको कार्यकालमा घनीभूत हुने राष्ट्रपति भण्डारीको विश्वास
- राष्ट्रपति र प्रधानमन्त्रीले दिए अमेरिकी राष्ट्रपति जो विडेनलाई बधाई
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।