ओलीलाई बुर्जुवाको संज्ञा दिँदै प्रचण्डले भनेः बुर्जुवाहरूले विज्ञापन राम्रो गर्ने तर कुहिएको माल विक्री गर्न लेबल राम्रो गर्छन्

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुर्जुवाको संज्ञा दिएका छन् । काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीलाई उक्त संज्ञा दिएका हुन् । विस्तृतमा


राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपतिलाई

राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपतिलाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी कतारका अमिर शेख हमाद बीन खलिफा अल थानीको निमन्त्रणामा आज कतारको औपचारिक भ्रमणमा त्यसतर्फ प्रस्थान गरेकाले राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकिएको छ । नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा उनीबाट हुने कार्य उपराष्ट्रपतिबाट सम्पन्न हुने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

मलेसियासँग श्रम सम्झौताः भिसा प्रक्रियामा समेत शुल्क नलाग्ने

मलेसियासँग श्रम सम्झौताः भिसा प्रक्रियामा समेत शुल्क नलाग्ने

काठमाडौं । नेपाली कामदार लैजाने विषयमा नेपाल सरकार र मलेसियाली सरकारबीच समझादारी पत्रमा हस्ताक्षर भएको छ । मलेसियालीका मानव संशाधनमन्त्री एम कुले सागरन र नेपालका श्रममन्त्री गोकर्ण बिष्टले सोमबार समझदारी पत्रका हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा अब नेपाली श्रमिक कुनै पनि शुल्क नतिरी मलेसिया जान पाउने उल्लेख गरिएको छ । भिसा प्रक्रियामा समेत कुनै पनि शुल्क लाग्ने छैन ।

राष्ट्रपति भण्डारी कतार प्रस्थान, आईजीपी खनाल पनि जाँदै

राष्ट्रपति भण्डारी कतार प्रस्थान, आईजीपी खनाल पनि जाँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी तीन दिने राजकीय भ्रमणको सिलसिलामा सोमबार कतार प्रस्थान गरेकी छिन् । राष्ट्रपति भण्डारी कतारका अमिर शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेकी हुन् । यस्तै प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल आज कतार जाँदैछन् । कतारको प्रहरी एकेडेमीको निमन्त्रणमा उनी कतार जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीको उपचारमा ६ जना चिकित्सक, को को ?

प्रधानमन्त्री ओलीको उपचारमा ६ जना चिकित्सक, को को ?

काठमाडौं । त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो सेन्टरको आइसीयुमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार भइरहेको छ । शनिबारदेखि सामान्य बिरामी परेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार नभएपछि सोमबार बिहानै उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।

नेकपाका नेता खड्कामाथि नाताले भान्जी पर्ने युवती बेपत्ता बनाएको आरोप

नेकपाका नेता खड्कामाथि नाताले भान्जी पर्ने युवती बेपत्ता बनाएको आरोप

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलकी एक युवती एक हप्तादेखि हराइरहेकी छन्। माधव थापाकी १८ वर्षीया छोरी उषा कार्तिक ५ गतेदेखि हराएकी हुन्। पिता थापाले कार्तिक ५ गते घरमा कोही नभएको मौका छोपी घरबाट निस्किएकी छोरी उषाको अहिलेसम्म अत्तोपत्तो नभएको जानकारी दिए।

चितवन हुँदै रेलमार्ग निर्माण हुन लागेको छः प्रचण्ड

चितवन हुँदै रेलमार्ग निर्माण हुन लागेको छः   प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वदेशी तथा विदेशी सबैको ध्यान चितवनको विकासमा केन्द्रित भएको बताएका छन् । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत भरतपुर महानगरपालिकामा चालू वर्षमा सञ्चालन हुने आयोजना घोषणा सभामा बोल्दै उनले भरतपुर नमूना महानगर र चितवन नमूना जिल्ला बनाउने बताए ।

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको शुभारम्भ गर्दै गृहमन्त्रीले भने, ‘आजको दिन ऐतिहासिक दिन हो’

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको शुभारम्भ गर्दै गृहमन्त्रीले भने, ‘आजको दिन ऐतिहासिक दिन हो’

काठमाडौं । राम बहादुर थापा ‘बादल’ ले समुदायसँगको साझेदारीबाट मात्रै दिशो शान्ति कायम हुने विश्वास व्यक्त गरेका छन् । नेपाल प्रहरीले ल्याएको अवधारणा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको शुभारम्भ गर्दै गृहमन्त्री थापाले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने मुलुकको सपना साकार पार्न शान्ति र सुरक्षा सुनिश्चित हुनुपर्ने बताएका हुन् ।

राष्ट्रिय योजना आयोगको भूमिका प्रभावकारी हुनुपर्छः मुख्यमन्त्री शाही

राष्ट्रिय योजना आयोगको भूमिका प्रभावकारी हुनुपर्छः मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय योजना आयोगलाई प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । “अहिलेसम्म योजना आयोग केही व्यक्तिलाई व्यवस्थापन गर्ने, जागिर लगाउने संयन्त्रका रुपमा सीमित बन्यो”, उनले भने, “तीन वटै तहका सरकारका लागि योजना निर्माणमा सहयोगी भूमिका निर्वाह गर्नुपर्छ, सङ्घीय संरचनाअनुसार आफ्नो भूमिकालाई पनि बढाउनुपर्छ ।”

भोलि अष्ट्रेलिया उड्न लागेका डीआईजी भण्डारीको परिवार भेट्ने सपना अधुरै

भोलि अष्ट्रेलिया उड्न लागेका डीआईजी भण्डारीको परिवार भेट्ने सपना अधुरै

काठमाडौं । शनिबार अपरान्ह काभ्रेमा भएको जीप दुर्घटनामा प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुशील कुमार भण्डारीको मृत्यु भएको छ । डीआईजी भण्डारीसँगै पत्रकार जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश–३ संयोजक विनोद कार्कीको पनि मृत्यु भएको हो ।

प्रहरीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति नदिऔँ - देउवा

प्रहरीलाई बर्खास्त गरेर दोषीलाई उन्मुक्ति नदिऔँ - देउवा

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।

पर्यटन

पर्यटकीयस्थल रावाढाप

पर्यटकीयस्थल रावाढाप

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्यअन्तर्गत मुन्धुम पदमार्गमा पर्ने खोटाङ र भोजपुरको सिमानास्थित पर्यटकीयस्थल रावाढाप । चौंरीखर्कका रुपमा रहेको रावाढापबाट उच्च हिमाली श्रृङ्खलाका साथै तराईका फाँट दृश्यावलोकन गर्न सकिन्छ ।

जीवनशैली

अदुवाका अचुक फाइदाहरु

अदुवाका अचुक फाइदाहरु

निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।

विचित्र विश्व

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

चीनका एक वैज्ञानिकको खुलासाः कोरोना संक्रमित चमेराले हातमा दात गड्ने गरी टोेकेको थियो

एजेन्सी । चीनको बुहानबाट फैलिएको कोरोना भाइरसले विश्वभर लाखौँ मानिसहरुको ज्यान गुमाएको छ । कोरोना भाइरसबारे विभिन्न रहस्यहरु बाहिर आइनै रहेका छन् । यसैबीच बुहान लेबोरेट्रीका वैज्ञानिकहरुले एक गुफामा सेम्पल एकिकृत गर्ने समयमा चमेराले टोकेको कुरा स्वीकार गरेका छन् । उक्त गुफा कोरोना भाइरसबाट संक्रमित रहेको चमेराहरुको घर रहेको उनले स्वीकार गरेका छन् ।