नेकपा कर्णाली संसदीय दलको सचेतकमा नेपाल खेमाका शाही नियुक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको सचेतकमा कुर्मराज शाही नियुक्त भएका छन् । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव गर्दा गरेर पनि पुनः मुख्यमन्त्री शाहीलाई नै समर्थन गरेको भन्दै माधवकुमार नेपाल खेमाका कुर्मराज शाहीलाई सचेतकमा नियुक्त गरिएको हो । विस्तृतमा


नेकपासँग पार्टी एकिकरणको कुनै सम्भावना छैनः फोरम अध्यक्ष यादव

नेकपासँग पार्टी एकिकरणको कुनै सम्भावना छैनः  फोरम अध्यक्ष यादव

काठमाडौँ । संघीय समाजवादी फोरम नेपालले तत्काल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग पार्टी एकीकरणको कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ । केन्द्र सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री भई सामेल भएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आज विज्ञप्ति जारी गर्दै नेकपासँग एकीकरण हुन लागेको भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सुनियोजित समाचारहरु प्रसारण भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

द्वन्द्वका हत्यामा संलग्नलाई छाड्न हुँदैन: सभापति देउवा

द्वन्द्वका हत्यामा संलग्नलाई छाड्न हुँदैन: सभापति  देउवा

भक्तपुर । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वका हत्यामा संलग्नहरुलाई छाड्न नहुनेमा जोड दिएका छन् । आज शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको छैटौँ स्मृति सभा तथा छात्रवृत्ति एवं प्रमाणपत्र वितरण समारोहमा उहाँले द्वन्द्वका नाममा भएको हत्याका घटनामा संलग्नलाई कडा कारवाही हुनुपर्ने बताएका हुन् ।

आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले दिए राजीनामा

आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले दिए राजीनामा

काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएका छन् । जग्गा खरिद भष्टाचार काण्डमा मुछिएपछि मन्त्रालय तानिएका खड्काले बिहीबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरबारमा पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका हुन् ।

कर्णाली सरकारको नीति तथा कार्यक्रम भोलि

कर्णाली सरकारको नीति तथा कार्यक्रम भोलि

सुर्खेत । कर्णाली प्रदेश सरकारले आव २०७५/०७६ को नीति तथा कार्यक्रम जेठ २५ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । प्रदेशको सन्तुलित, न्यायोचित र समविकासबाट समृद्धिको यात्रा तय गर्ने उद्देश्य राखेर कर्णाली प्रदेश सरकारले भोलि नीति तथा कार्यक्रम ल्याउन लागेको हो । प्रदेश सरकारले राष्ट्रियरुपमा महत्व राख्ने विषयगत विज्ञ, सम्बन्धित क्षेत्रका सरोकारवाला, स्थानीय विज्ञसँग छलफल गरी नीति तथा कार्यक्रम तयार गरेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिए ।

अख्तियार प्रमुख बनाउन दीपकले बोके सूर्यलाई

अख्तियार प्रमुख बनाउन दीपकले बोके सूर्यलाई

काठमाडौं । अखिलमा क्याम्पसस्तरको नेता रहिसकेका पूर्वसचिव सूर्य सिलवाल अख्तियार प्रमुख बन्ने प्रयासमा सबैभन्दा सक्रिय देखिएका छन् । सिलवाललाई केपी ओलीका निकटस्थ मानिने बहुचर्चित युवा व्यापारी दीपक भट्टले साथ दिएका कारण उनी प्रतिस्पर्धीमध्ये सबभन्दा बलियो ठानिएका छन् । संसदमा संसदीय सुनुवाइ समिति गठन भइनसके पनि अख्तियार प्रमुख बन्न अवकाशप्राप्त केही

नेपालको श्रीपेज चीनमा कसरी भयो भारतको ?

नेपालको श्रीपेज चीनमा कसरी भयो भारतको ?

काठमाडौं । चीनको राजधानी बेइजिङस्थित दरबार संग्रहालय (प्यालेस म्युजियम) ‘फोर्बिडन सिटी’ मायतिबेला एउटा प्रदर्शनी चलिरहेको छ । प्रदर्शनीमा राखिएका ऐतिहासिक र पुरातात्त्विक महत्त्वका वस्तुमध्ये एउटा हो– नेपालको श्रीपेच । श्रीपेच भन्नेबित्तिकै सबैले सम्झिन्छन्– तत्कालीन राजाका मुकुट वा राजतन्त्रको प्रतीक ।

गृहमन्त्री बादलकाे सय दिन : यातायात सिन्डीकेटकाे अन्त्यदेखि सुन तस्करीकाे जालाे ताेड्न सफल

गृहमन्त्री बादलकाे सय दिन : यातायात सिन्डीकेटकाे अन्त्यदेखि सुन तस्करीकाे जालाे ताेड्न सफल

काठमाडौँ । गृह मन्त्रालयले यातायात सम्बद्ध समितिको दर्ता र नवीकरण रोक्ने निर्णय गरी लामो समयदेखि यातायातका क्षेत्रमा रहेको एकाधिकार अन्त्य गर्ने, ३३ किलो सुन काण्डमा छानवीन समितिमार्फत तस्करीको जालो तोड्ने तथा वैदेशिक रोजगारमा ठगीमा संलग्न ठूलो गिरोह पक्राउ गरिएको जस्ता कार्य १०० दिनमा गरिएको जनाएको छ ।

काँग्रेस संसदीय दलकाे नेतामा सुरेन्द्रराज पाण्डे

काँग्रेस संसदीय दलकाे नेतामा सुरेन्द्रराज पाण्डे

काठमाडौँ । राष्ट्रियसभामा नेपाली काँग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे मनोनयन भएका छन् । काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आज सांसद पाण्डेलाई राष्ट्रियसभाका लागि संसदीय दलको नेतामा मनोनयन गरेका हुन् ।

प्रचण्डको घरधनीहोस्, या ठूलै नेता किन नहोस्, राज्यलाई धोका दिन्छ भने कारबाही हुन्छ : गृहमन्त्री थापा

प्रचण्डको घरधनीहोस्, या ठूलै नेता किन नहोस्, राज्यलाई धोका दिन्छ भने कारबाही हुन्छ : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले समयमा काम पूरा नगर्ने ठेकदारलाई कारबाही गर्ने बताएका छन् । गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले प्रचण्डकै घरधनी भए पनि कारबाही गर्ने बताएका हुन् । गृहमन्त्री थापाले आफूले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिन पुगेको बताउँदै कानुन नमान्ने र राज्यलाई धोका दिने ठेकदार धरधनी, सांसद वा ठूला नेता भए पनि कारबाही हुने बताएका छन् ।

पाँच लाख रोजगारी सिर्जना हुन्छ : पूर्वमन्त्री कोइराला

पाँच लाख रोजगारी सिर्जना हुन्छ : पूर्वमन्त्री कोइराला

काठमाडौँ । पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले मुलुकमा पाँच लाख रोजगारी सिर्जना गर्ने गरी सरकारले हालै प्रस्तुत गरेको बजेटले सामाजिक रुपान्तरणमा ठूलो परिवर्तन ल्याउने बताएका छन् । सञ्चार केन्द्र नेपालद्वारा आज यहाँ आयोजित ‘बजेटले सामाजिक जीवनमा पार्ने प्रभाव’ विषयक अन्तक्र्रियामा उनले कृषि, पर्यटन, ऊर्जालगायत क्षेत्रमा सरकारले गर्ने लगानीले रोजगारीको अवसर सिर्जना गर्ने बताए ।

पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

एजेन्सी । एक जना सोशल मिडिया स्टारको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । केही हप्ता अगाडि उनले कोरोना भाइरस नक्कली भाइरस भएको बताएका थिए । ३३ वर्षे सोसल मिडिया स्टार काफी चर्चामा पनि रहेका थिए । उनको इन्टाग्राममा १० लाखभन्दा अधिक फलोअर्स रहेका छन् ।