पार्टीको नीति र कलमको प्रचारमा जुट्न कार्यकर्तालाई माधव नेपालको निर्देशन
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको नीति र कलमको प्रचारमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन्। आजबाट काठमाडौँमा सुरु भएको प्रथम केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै नेता नेपालले सो निर्देशन दिएका हुन्।
विस्तृतमा
सार्वजनिक सवारीको भाडा घट्यो (नयाँ भाडादरसहित)

काठमाडौँ। सार्वजनिक सवारीको भाडा घटेको छ। शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेएलगत्तै सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हो। यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ।
मन्त्री आलेद्वारा विभिन्न पूर्वाधारको शिलान्यास

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जोरायल गाउँपालिका–२ मा रहेको ‘रुपसकाँडा छहरा एवं बाँझिलेक क्षेत्रमा पूर्वाधार निर्माण’ आयोजनाको शिलान्यास गरेका छन् ।
विश्व कीर्तिमानी आरोही तामाङको स्वास्थ्यस्थिति बुझ्न अध्यक्ष दाहाल अस्पतालमा

काठमाडौं । सबैभन्दा कम उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान कायम गरेका शम्भु तामाङको स्वास्थ्यअवस्थाका बारेमा राजनीतिक नेतृत्वले चासो लिएको छ ।
लोसपा र लोक दलबीच एकीकरण हुने

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले लोक दलसँग एकता गर्ने भएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालबाट बिभाजन भएको लोसपाले लोक दलसँग एकता गर्न लागेको हो। लोसपा केन्द्रीय कार्यालय बबरमहलमा आइतबार दिउँसो दुई पार्टीबीचको एकता सभा हुनेछ।
बागमती प्रदेशसभा बैठक बस्दै

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले आज बस्ने बैठकमा यही असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुनेछ ।
जनताको चाहनाअनुसार विकास गर्नुपर्छः ऊर्जामन्त्री भुसाल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको चाहनाअनुसार विकासका गतिविधि अगाडि बढाउनुपर्ने बताएकी छन् । गोदावरी नगरपालिका–१२ ठेचोस्थित सर्वेश्वर बहुउद्देश्यीय हलको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, “जनता सहमत नभएको भौतिक विकास गर्न हुन्न । विकास जनताका लागि हो भन्ने विषयलाई बुझ्नुपर्छ ।”
चार मन्त्रीलाई फिर्ता बोलाउने निर्णय सर्वसम्मत पारित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को चौथो केन्द्रीय कमिटीको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने सचिवालयको निर्णय सर्वसम्मतले पारित गरेको छ ।
विकासको महत्वपूर्ण क्षेत्र पूर्वाधार सरकारको प्राथमिकतामा छः गृहमन्त्री खाण

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाणले विकासको महत्वपूर्ण क्षेत्र पूर्वाधारलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । सरकारले चाहँदाचाहँदै पनि सम्पन्न गर्न नसकेका पूर्वाधार विकासका आयोजना सम्पन्न गर्न थप जोड दिनुपर्ने उनले औँल्याए ।
राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउँछौँः अध्यक्ष थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउने निर्वाचनमा पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दाबी गरेका छन् । शनिबार धनगढीमा आयोजित राप्रपा नेपालको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा अध्यक्ष थापाले आगामी संसदीय निर्वाचनमा पार्टीका पक्षमा कम्तीमा तीन प्रतिशत समानुपातिक मत पु¥याएर राष्ट्रिय पार्टी बनाउने योजना रहेको बताए ।
'चुनावदेखि चुनावसम्म होइन, संसद्मा पनि जनताका आवाज उठाउनुपर्छ, अनि मात्र क्रान्तिकारी संसदवादी भइन्छ'

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले क्रान्तिकारी ध्रुवको विकास गरेर अगाडि बढनुपर्ने बताएका छन् । पार्टीको चौथो केन्द्रीय कमिटिको बैठकलाई सम्बोधन गर्दै नेता खनालले आफ्नो पार्टीप्रति क्रान्तिकारी तथा इमान्दार कार्यकर्ताको आकर्षण बढेकाले एकीकृत समाजवादीको नेतृत्वमा धार निर्माण गरेर मात्र समाजवादमा पुग्न सकिने बताए ।
राजनीति ट्रेण्डिङ्ग
- गठबन्धनबाट विकास सम्भव छैन – महासचिव पोखरेल
- एसपीपीमा आबद्ध नहुने भन्दै नेपालले अमेरिकालाई निर्णय पठायो
- काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कोइराला निलम्बित!
- विपक्षीलाई अनैतिक लाग्दैमा राजीनामा नदिने अर्थमन्त्रीको स्पष्टोक्ति
- अर्थमन्त्री शर्माको प्रश्नः देश र जनताको हितका लागि बजेट ल्याउँदा विरोध किन?
- प्रतिपक्षीसँगको सहमति कार्यान्वयन हुन्छः मन्त्री जम्कट्टेल
- 'जबजका कारण कम्युनिष्ट आन्दोलनले नयाँ उचाइ प्राप्त गर्यो'
- अर्थमन्त्री शर्मालाई डाक्ने बित्तिकै एमालेका सांसदद्वारा राष्ट्रिय सभा बैठक बहिष्कार
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।
विचित्र विश्व
श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।