मादी हत्या काण्डका आरोपीलाई आजीवन कारावासको फैसला
काठमाडौँ। संखुवासभाको मादी नगरपालिका–१ मा एकै परिवारका ६ जनाको हत्यामा संलग्नलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ।
६ जनाको हत्या प्रकरणमा ५ जना पक्राउ परेका थिए। ती मध्ये मध्ये ४ जनालाई आजीवन कारावास फैसला भएको हो। हत्यामा संलग्न एक बालकलाई भने २५ वर्षको दुई तिहाइ कारावास फैसला भएको छ।
विस्तृतमा
राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेश संयोजकमा डा. डीके (ढाकाकुमार) श्रेष्ठ

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेश संयोजकमा डा. डीके (ढाकाकुमार) श्रेष्ठ मनोनित भएका छन् ।
ओलीले संसदलाई सम्बोधन गर्ने

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । समसामयिक विषयमा दलको धारणा राख्न सभामुखसँग समय माग गरिएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
यल्लो प्यागोडा होटलमा एकीकृत समाजवादीको सचिवालय बैठक

काठमाडौँ। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक कान्तिपथस्थित यल्लो प्यागोडा होटलमा बैठक बसिरहेको छ। बैठकमा वागमती प्रदेश सरकार, समसामयिक राजनीतिक परिवेश, पार्टीका आगामी योजना बैठकका मुख्य एजेण्डा रहेका छन्।
जसपाबाट को–को बन्दैछन् नयाँ मन्त्री?

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले मन्त्री हेरफेर गर्ने भएको छ। जसपाले तीन मन्त्रीलाई फिर्ता बोलाई नयाँलाई जिम्मेवारी दिने भएको हो। कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले फिर्ता बोलाएको हो।
मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ । मधेस प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि आव्हान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
कांग्रेस महामन्त्री शर्मा अमेरिकामा

नर्थ क्यारोलाइना, अमेरिका। नेपाली कांग्रेसमा महामन्त्रि विश्वप्रकाश प्रकाश शर्मा अमेरिकाको नर्थ क्यारोलाइनामा हुने एनआरएनए एनसिसिको ज्ञान सम्मेलन तथा साधारण सभामा सहभागी हुन अमेरिका आई पुगेका छन्। शर्मा गत जुलाई २ का दिन शनिबार डिसी क्षेत्रको डलस अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका ओर्लिएका हुन्।
माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । आइतबारदेखि काठमाडौंमा शुरू भएको बैठक आज पनि बस्दै छ । आइतबारको बैठकले ३७३ केन्द्रीय सदस्यको टुंगो लगाएको छ । जसमा प्रचण्ड अध्यक्ष र अन्य ३७२ जना केन्द्रीय समिति सदस्य रहेका छन् । माओवादीले पदाधिकारीको भने अझै टुंगो लगाएको छैन ।
विप्लवबाट विद्रोह गरेका ओम प्रकाश पुन माओवादीको केन्द्रिय सदस्य

काठमाडौं । विप्लबबाट विद्रोह गरेका नेता ओम प्रकाश पुन माओवादी केन्द्रको केन्द्रिय सदस्य मनोनित भएका छन् । केहि दिन अघि विप्लब नेतृत्वको नेकपाबाट सयौँ नेता कार्यकर्ता सहित विद्रोह गर्दै माओवादी केन्द्रसँग धुव्रिकरण गरेका पुनलाई आइतबार बसेको माओवादी केन्द्रको पुर्ण बैठकले केन्द्रिय सदस्य मनोनित गरेको हो ।
कांग्रेस पदाधिकारी बैठक मङ्गलबार

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाका विधानको टुङ्गो लगाउने, मुलुकको समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा निकट भविष्यमा हुने सङ्घ र प्रदेशको निर्वाचनका लागि पार्टीको तयारीका विषयमा समेत छलफल हुने बताइएको छ ।
श्रावण महिनाभर एमाले बाग्मतीले ‘सुशु’ अभियान संचालन गर्ने

काठमाडौं । ‘श्रावण महिनाभर नेकपा एमालेले संगठन सुदृढीकरण र शुद्धिकरण (सुशु) अभियान संचालन गर्ने’ निर्णय गर्दै नेकपा एमाले बाग्मती प्रदेश कमिटी द्वारा आयोजित ‘संगठनात्मक व्यवस्थापन र परिचालन’ विषयक दुई दिने कार्यशाला गोष्ठी हिजो असार १८ गते शुरु भएर आज १९ गते काठमाडौमा सम्पन्न भएको छ ।
राजनीति ट्रेण्डिङ्ग
- कांग्रेस पदाधिकारी बैठकः निर्वाचन कानून मस्यौदाबारे छलफल
- नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय
- सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै
- पार्टीको पदाधिकारीसहित बाँकी कमिटीहरु टुंग्याउने जिम्मा प्रचण्डलाई
- 'अघिल्लो सरकारको पालामा भन्दा अहिले झण्डै दोब्बरले मूल्यवृद्धि भयाे'
- अध्ययन समितिले मुख्यमन्त्री राउतलाई बुझायो प्रतिवेदन
- मादी हत्या काण्डका आरोपीलाई आजीवन कारावासको फैसला
- गठबन्धन टुटे देश दुर्घटनामा जान्छः धनराज गुरुङ
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।