आगामी वर्षका लागि आर्थिक विधेयक पारित
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आर्थिक विधेयक पारित गरेको छ । शुक्रबार कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको नगरसभाको ११औँ अधिवेशनले आगामी आर्थिक वर्षका लागि विधेयक पारित गरेको हो ।
विस्तृतमा
कर्णालीमा आज सार्वजनिक बिदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले आज बुधबार सार्वजनिक बिदा दिएको छ । असार १५ गते धान दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
एक करोड जरिवाना गरिएका घिसिङ पक्राउ

काठमाडौं । प्रहरीले उच्च अदालत पाटनबाट रु एक करोड दुई लाख ५० हजार जरिवाना गरिएका एकजनालाई पक्राउ गरेको छ ।
ओमसतियाका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

रुपन्देही । ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मंगलबार मुद्दा दायर भएको छ ।
काठमाडौँभित्र सडकमा खानेकुरा बेच्न निषेध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले उक्त कदम चालेको जनाएको छ ।
बोलेरोको ठक्करबाट तनहुँमा दुईको मृत्यु

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा मंगलबार बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
नदीमा फाल हानी बेपत्ता भएकी महिलाको शव फेला

कैलाली । कैलालीमा केही दिनअघि नदीमा फाल हानी बेपत्ता भएकी एक महिलाको शव मंगलबार फेला परेको छ ।
बुधबार धान दिवसः २७ अर्बको चामल र १५ अर्बको धान आयात

काठमाडौँ । असार १५ गते हरेक वर्ष आउँछ र जान्छ । सरकारले विसं २०६१ देखि हरेक वर्ष धान दिवस मनाउँदै आएको छ सोही दिनको छेको पारेर ।
नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालका लागि अष्टे«लियन राजदूत फेलीसिटी वोल्कसँग नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर यहाँ लगानी गर्न आग्रह गरेका छन् ।
स्लोभाकिया पठाउने भन्दै रकम ठगी आरोपमा १ जना पक्राउ

काठमाडौँ। स्लोभाकिया पठाइ दिन्छु भन्दै ३ जनासँगबाट ५ लाख रुपैयाँ ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुल्मीको धुर्कोट घर भई काठमाडौँको समाखुसी बस्ने ३२ वर्षका ईन्द्रबहादुर पछाईलाई प्रहरीले पक्राउ गरेको हो।
अवरुद्ध पाल्पा–बुटवल सडक खुल्यो

पाल्पा । पहिराले अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सञ्चालन भएको छ । अविरल वर्षाका कारण पाल्पा खण्डको दोभानबाट सिद्धबाबा मन्दिर क्षेत्रमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध बनेको थियो ।
नेपाल ट्रेण्डिङ्ग
- राससका अध्यक्ष झालाई स्वतन्त्रता सेनानी सम्मान
- स्वास्थ्य मन्त्रालयद्वारा पूर्वतयारी अवस्थामा रहन अस्पताललाई निर्देशन
- प्रधानसेनापतिद्वारा संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण
- बाघको आक्रमणबाट एक महिला घाइते
- गाईघाटका पसल डुबानमा
- बेनी–जोमसोम सडक अवरुद्ध
- रोपाइँ सकेपछि युवक युवती
- लमजुङमा ३५ प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
धेरै फेसबूक चलाउने मानिस दुखी हुन्छन् !

एजेन्सी । फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।