जाजरकोटका एक वडाध्यक्षद्वारा युवकमाथि निर्घात कुटपिट, प्रहरीको रोहबरमा मिलापत्र !

सुर्खेत । जिल्लाको जुनीचाँदे गाँउपालिका २ मा बृद्ध भत्ता वितरण गर्ने क्रममा एक युवकले जाँड खाएर गाली गलौज गर्दै ढुङ्गा प्रहार गर्न थालेको भन्दै वडाध्यक्ष रामबहादुर नेपाली सहितका केही व्यक्तिहरुले स्थानीय रंगे दमाईका १५ वर्षीय छोरा सर्पे दमाई (नवीन परियार) लाई हातखुट्टा बाँधेर अमानवीय व्यवहार सहित कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । विस्तृतमा


शंखमूलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

शंखमूलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

काठमाडौँ । आज बिहान शंखमूलमा मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहान ५ बजे बा ८० प ११५३ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक ललितपुरका ३२ वर्षीय उमेश महर्जनको मृत्यु भएको हो ।

कमसल अलकत्रा उत्पादन गरेकाे भन्दै युवा संघद्वारा उद्याेगमा तालाबन्दी

कमसल अलकत्रा उत्पादन गरेकाे भन्दै युवा संघद्वारा उद्याेगमा तालाबन्दी

झापा । झापाको कनकाई नगरपालिकामा सञ्चालित एक अलकत्र उद्योगमा युवा संघ नेपाल झापाले तालाबन्दी गरेको छ ।

मुस्ताङ ट्रिपर दुर्घटनाः एकै घरका ६ सहित ११ जनाको मृत्युले गाउँ नै शोकमा

मुस्ताङ ट्रिपर दुर्घटनाः एकै घरका ६ सहित ११ जनाको मृत्युले गाउँ नै शोकमा

काठमाडौं । मुस्ताङमा शुक्रबार दिउँसो भएको ट्रिपर दुर्घटनामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । रोल्पाको थबाङ गाउँपालिका–५ उवा पुसबाङका एकै परिवारका ६ जनाको मृत्यु भएको हो । रोल्पाका दुर्घटनामा एकाघरका ६ जनासहित ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमाथि बनाइएका घरको अनुदान रोकियो

पहिरोमाथि बनाइएका घरको अनुदान रोकियो

धादिङ । विकट उत्तरी धादिङको हिन्दूङका कलमान तामाङले घर निर्माण सम्पन्न गर्नुभयो । घर बनाउँदा प्राविधिक पनि गाउँमा पुगेर घर निर्माणस्थल समेत हेरेर दोस्रो किस्ताको रकम समेत दिए ।

मुस्ताङ ट्रिपर दुर्घटनाः २० जनाकै सनाखत (नामावलीसहित)

मुस्ताङ  ट्रिपर दुर्घटनाः २० जनाकै सनाखत (नामावलीसहित)

मुस्ताङ । मुस्ताङको दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा शुक्रबार दिउँसो ट्रिपर दुर्घटना हुँदा २० जना मजदुरको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु भएका अधिकांश रोल्पा र दाङका रहेका छन् । मृत्यु हुनेमा १४ जना पुरुष र ६ जना महिला रहेका छन् ।

प्रेसलाई कुण्ठीत पार्ने अपराध संहिता पुनरावलोकन गर्न नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको माग

प्रेसलाई कुण्ठीत पार्ने अपराध संहिता पुनरावलोकन गर्न नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको माग

कानुन, न्याय तथा संसदीय मामला मन्त्री शेरबहादुर तामाङले स्वतन्त्र पत्रकारितालाई असर पर्नेगरी आउन लागेको मुलुकी अपराध संहिता र देवानी संहिताको पुनरावलोकन गर्न सरकार तयार रहेको बताउनुभएको छ । शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री तामाङले उक्त संहितामा व्यक्तिको गोपनीयताको हकलाई सुरक्षीत गरिएपनि आम सञ्चार माध्यमबबाट सुुसुचित गर्ने प्रयोजनका लागि प्रकाशन र प्रशारण गर्न वाधा पार्न नहुने आफ्नो धारण रहेको प्रष्ट पार्नुभयो ।

स्वरोजगार कोषबाट दिइएको धितो युवा नेताले नै तिर्नुपर्ने

स्वरोजगार कोषबाट दिइएको धितो युवा नेताले नै तिर्नुपर्ने

काठमाडौँ । युवा नेताले युवा स्वरोजगार कोषबाट लिएको रु पाँच करोड धितोवापतको रकम युवा नेताले नै तिर्नुपर्ने निर्णय भएको छ । शुक्रबार पार्टी मुख्यालय कोटेश्वरको पेरिसडाँडामा बसेको अखिल नेपाल ट्रेड युनियन महासंघ र नेपाल ट्रेड युनियन संघको संयुक्त बैठकमा सो निर्णय भएको हो ।

केरा फाँडेको आरोपमा पक्राउ परेका कारागार चलान

केरा फाँडेको आरोपमा पक्राउ परेका कारागार चलान

चितवन । पूर्वी चितवनको कालिका नगरपालिका–६ जुटपानीका किसानको बगानमा पसेर केरा फाँडेको आरोपमा पक्राउ परेका व्यक्ति कारागार चलान भएका छन् । सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरिए पनि फरार हुँदै आएका कालिका–६ बस्ने २१ वर्षीय अर्जुनकुमार डल्लाकोटीलाई पक्राउ गरी अदालतमा पेश गरिएको र शुक्रबारै कारागार चलान गरिएको हो ।

यी हुन् सडक दुर्घटना हुनुका दुई मुख्य कारण

यी हुन्  सडक दुर्घटना हुनुका दुई मुख्य कारण

काठमाडौं । नेपालमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण र त्यसका लागि आवश्यक तालिम नेपाल सरकारअन्तर्गतको यातायात व्यवस्था विभागले दिन्छ । कानुनअनुसार लाइसेन्सविना सवारीसाधन चलाउन पाइँदैन ।

पाल टाँसेर बसेका दुई मजदूरको मृत्यु

पाल टाँसेर बसेका दुई मजदूरको मृत्यु

बाजुरा । गौमुलगाउँपालिका–३ गर्जेमा काठ चिर्न गएका दुई मजदूरको रुखले च्यापेर मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । गर्जेरातिमाटामा पानीको ट्याङ्की नजिकै पाल टाँसेर बसेका बेला गए राति रुख भाँचिएर सो दुर्घटना भएको मृतकका आफन्त तुलाबहादुर रोकयाले बताए ।

पर्यटन

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

गलकोट । कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ ।

जीवनशैली

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

आज मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर यात्रा सफल र भेटाघटको बनेको छ ।