अर्को सातादेखि ‘स्मार्ट लकडाउन’

काठमाडौँ । कोभिड १९ व्यवस्थापन निर्देशक समितिले कोरोनाभाइरसको संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘स्मार्ट लक डाउन’तर्फ जाने निर्णय गरेको छ । बुधबार बसेको समितिको दोस्रो बैठकले उक्त निर्णय गरेको हो । विस्तृतमा


त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रको उत्पादन बन्द

त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रको उत्पादन बन्द

नुवाकोट । त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार अपराह्न लागेको आगोले पु¥याएको क्षतिको मर्मत गर्न अझै एक साता लाग्ने भएको छ ।

बाजुरामा ४ रेक्टरको भूकम्प

बाजुरामा ४ रेक्टरको भूकम्प

बाजुरा । यहाँ आज बिहान ८ः५८ बजे ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ ।

सिन्धुपाल्चोक दुर्घटनामा ५ जनाको मृत्यु, घाइतेहरुको शिक्षण अस्पतालमा उपचार हुँदै

सिन्धुपाल्चोक दुर्घटनामा ५ जनाको मृत्यु, घाइतेहरुको शिक्षण अस्पतालमा उपचार हुँदै

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४, सल्लेडाँडामा लु १ ख ९९९ नंंको बोलेरो जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । तीन जनाको घटनास्थलमै र दुई जनाको उपचार गर्न लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा भोताङका ७५ वर्षीय भिमबहादुर तामाङ, भोताङकै ५५ वर्षीया जयरामी तामाङ, ५३ वर्षीया नानी तामाङ, ५६ वर्षीय बोधोम तामाङ र २५ वर्षीया सुनमाया तामाङ छन् ।

चोर समात्न राष्ट्रिय निकुञ्जमा जासुसी क्यामेरा

चोर समात्न राष्ट्रिय निकुञ्जमा जासुसी क्यामेरा

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जासुसी क्यामेराको सहायताले चोरी शिकारमा संलग्नलाई पक्राउ गर्न थालेको छ । चोरी शिकार हुन सक्ने सम्भावित नाकामा क्यामेरा जडान गरी निकुञ्ज कार्यालयले संरक्षित वन्यजन्तु, दुर्लभ जडीबुटी र काठ तस्करी रोक्नका लागि काम अगाडि बढाएको छ । निकुञ्जका विभिन्न ठाउँमा क्यामेरा राखिएका छन् ।

बुहारीलाई छोरी बनाएर अन्माए

बुहारीलाई छोरी बनाएर अन्माए

सुरुङ्गा, झापा । बुहारी बनाएर घर भित्र्याएका पौडेल परिवारले उनै बुहारीलाई छ वर्षपछि छोरी बनाएर अन्माएका छन् । कनकाई नगरपालिका–५ तुलसीबारी निवासी धनपती पौडेलले साविक पथरिया गाविस निवासी हरिप्रसाद काफ्ले र विष्णुमाया काफ्लेकी छोरी धनमाया (आशा) काफ्लेलाई बुहारी बनाएर छ वर्षअघि घर भित्र्याएका थिए ।

गृहमन्त्री थापालाई भेटेर भारतीय राजदूतले के भने ?

गृहमन्त्री थापालाई भेटेर भारतीय राजदूतले के भने ?

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो । गृहमन्त्री थापाले नेपालका विविध क्षेत्रका साथै सुरक्षा निकायको तालीम र भौतिक सामग्रीमा भारतले गर्दै आएको सहयोगप्रति राजदूत पुरीमार्फत भारत सरकारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

आयुर्वेदिक मसाज तथा हर्बल स्पा सम्बन्धी तीन महिने तालिम सम्पन्न

आयुर्वेदिक मसाज तथा हर्बल स्पा सम्बन्धी तीन महिने तालिम सम्पन्न

काठमाडौँ । क्लासिकल आयुर्वेदिक मसाज तथा हर्बल स्पा सम्बन्धी तीन महिने तालिम सम्पन्न भएको छ ।

‘नेपालले लिन मात्रै होइन दिन पनि जानेको छ’

‘नेपालले लिन मात्रै होइन दिन पनि जानेको छ’

रत्ननगर, चितवन । नेपालले लिने मात्रै होइन दिन पनि जानेको छ भन्ने कुरा पटकपटक विभिन्न राष्ट्रलाई दिइएको दुर्लभ वन्यजन्तुको उपहारले प्रस्ट पार्छ ।

बाढीपहिरो पीडितलाई राहत दिन सांसदहरुको सरकारलाई ध्यानाकर्षण

बाढीपहिरो पीडितलाई राहत दिन सांसदहरुको सरकारलाई ध्यानाकर्षण

काठमाडौँ । देशव्यापीरुपमा बाढीपहिरोका कारण जनजीवन प्रभावित भएको, यातायात आवागमन अवरुद्ध भएको भन्दै तत्काल राहत तथा उद्धारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

मोरङ । मोरङको मिक्लाजुङ गाउँपालिका–९ मा पानीमा डुबेर आज दुई जनाको मृत्यु भएको छ । उर्लाबारी–१ बस्ने १९ वर्षीय दिलकुमार लिम्बूको साथीहरुसँग जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

पर्यटन

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँची । चौबिसे राज्यअन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको हो । नेपाल एकीकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास छ ।

जीवनशैली

मुटु स्वस्थ राख्ने ८ तरिका

मुटु स्वस्थ राख्ने ८ तरिका

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

एजेन्सी । विश्वमा केही यस्ता डरलाग्दा मानवनिर्मित कुराहरु रहेका छन् जो पर्यटकका लागि निकै आकर्षकको केन्द्र बन्दै आइरहेका छन् । चीनमा पनि यस्तै एउटा पुल रहेको छ जसलाई हेर्न वार्षिक हजारौँ पर्यटकहरु जाने गरेका छन् ।