अर्को सातादेखि ‘स्मार्ट लकडाउन’

काठमाडौँ । कोभिड १९ व्यवस्थापन निर्देशक समितिले कोरोनाभाइरसको संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्ति सहित ‘स्मार्ट लक डाउन’तर्फ जाने निर्णय गरेको छ । बुधबार बसेको समितिको दोस्रो बैठकले उक्त निर्णय गरेको हो । विस्तृतमा


आजदेखि प्रधानसेनापतिको कमाण्ड सम्हाल्दै पूर्णचन्द्र थापा

आजदेखि प्रधानसेनापतिको कमाण्ड सम्हाल्दै पूर्णचन्द्र थापा

काठमाडौं । आजदेखि नेपाली सेनाको नेतृत्व बलाधिकृत रथी पूर्णचन्द्र थापाले सम्हाल्ने भएका छन् । आफ्नो कार्यकाल सकिनुभन्दा एक महिनाअघिदेखि बिदा बस्ने परम्पराअनुरुप प्रधानसेनापति राजेन्द्र क्षत्रीले थापालाई जिम्मेवारी हस्तान्तरण गर्न लागेका हुन् ।

साढे ३३ किलो सुन खोज्ने जिम्मा अब अपराध महाशाखालाई

साढे ३३ किलो सुन खोज्ने जिम्मा अब अपराध महाशाखालाई

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएर गायव भएको तस्करीको साढे ३३ किलो सुन खोज्ने जिम्मा महानगरीय अपराध महाशाखाले पाएको छ । सनम शाक्य हत्या र तस्करीको साढे ३३ किलो सुन प्रकरणको छानविन गर्न सहसचिव ईश्वर पौडेलको संयोजकत्वमा गठित समितिले तीन महिनासम्म अनुसन्धान गर्दा पनि सुन पत्ता लगाउन र तस्करीको जालो तोड्न नसकेपछि गृह मन्त्रालयले सुन खोज्ने जिम्मा प्रहरीलाई दिएको हो ।

देउती गुट्खा उद्योगमा बम बिस्फोट

देउती गुट्खा उद्योगमा बम बिस्फोट

काठमाडौं । देउती गुट्खा उद्योगमा अज्ञात समूहले बिहीबार बिहान बम विष्फोट गराएको छ । कैलालीको लम्कीचुहा नगरपालिका – १ लम्कीमा रहेको गुट्खा उद्योगमा बिहान ४ बजेर ५२ जाँदा उद्योगको बाहिर बम विस्फोट भएको हो । निकै ठूलो आवाजमा बम विस्फोट भएपछि आसपासका स्थानिय त्रसित भएका थिए । विष्फोटबाट उद्योगको पर्खाल र छानामा सामान्य क्षति भएपनि अन्य क्षति भएको छैन ।

अवैध रुपमा भारत हुँदै खाडी जान लागेका १६ महिलालाई फर्काइयो

अवैध रुपमा भारत हुँदै खाडी जान लागेका १६ महिलालाई फर्काइयो

बाँके । अवैध रूपमा भारत हुँदै तेस्रो मुलुक जान लागेका १६ नेपाली महिलालाई भारतको नयाँदिल्लीबाट नेपाल फर्काइएको छ । खाडी मुलुक जान लागेका ती महिलालाई नेपाली राजदूतावासको समन्वयमा भारतीय महिला आयोग, बनारस प्रहरी तथा रेस्क्यु फाउन्डेशन नामक संस्थाको सहयोगमा उद्धार गरिएको माइती नेपाल नेपालगञ्ज शाखाका संयोजक केशव कोइरालाले जानकारी दिए ।

‘आफूले पाँच रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाणित भए राजीनामा दिने

‘आफूले पाँच रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाणित भए राजीनामा दिने

जनकपुरधाम । प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले आफूले पाँच रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाणित भए राजीनामा दिने बताएका छन् । मधेशी पत्रकार समाजद्वारा बुधबार आयोजित पत्रकार सम्मान र संसदीय पत्रकारिता तालीमको समापन समारोहमा उनले भने, “अनर्गल हल्लाका भरमा कसैको पनि चरित्र हत्या गर्नुहुँदैन ।”

प्रदेश नं १ मा आज सार्वजनिक बिदा

प्रदेश नं १ मा आज सार्वजनिक बिदा

विराटनगर । प्रदेश नं १ को सरकारले विश्व आदिवासी जनजाति दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले बुधबार सूचना जारी गर्दै बिहीबार बिदाको घोषणा गरेको हो ।

सिरहामा दुई सातादेखि जारी आन्दोलन यसरी टुङ्गियो

सिरहामा दुई सातादेखि जारी आन्दोलन यसरी टुङ्गियो

लहान । सिरहा गोलबजार नगरपालिकाको वार्ता टोली र आन्दोलनरत पक्षबीच सहमति भएपछि विगत दुई सातादेखि जारी आन्दोलन टुङ्गिएको छ । आव २०७४/७५ को वडा तथा नगरस्तरीय योजना, स्टिमेट, उपभोक्ता समितिको विवरण, नगर क्षेत्रका नयाँ तथा पुराना सडकको मापदण्ड, दोस्रो नगरसभाबाट पारित गरिएका नीति, कार्यक्रम तथा योजना उपलब्ध गराउनुपर्ने र दोस्रो नगरसभाले गरेका करवृद्धि फिर्ता गर्नुपर्ने सहितका माग राख्दै नेपाली काँग्रेससहित विभिन्न दलका प्रतिनिधिले धर्ना, जुलुसलगायत आन्दोलनका कार्यक्रम गर्दै आएको थियो ।

पहिरोका कारण सिन्धुपाल्चोकका ६४ घर उच्च जोखिममा

पहिरोका कारण सिन्धुपाल्चोकका ६४ घर उच्च जोखिममा

चौतारा । अविरल वर्षासँगै ठाउँठाउँमा गएको पहिरोले सिन्धुपाल्चोकमा दर्जनौँ घर उच्च जोखिममा परेको छ । अविरल वर्षासँगै गएराति पहिरोजाँदा सिन्धुपाल्चोकको सागाचोक र कुञ्चोकमा एक–एक घर पुरिएको छ भने थुम्पाखर र कालिकामा ६४ घर उच्च जोखिममा परेको छ । चौतारा सागाचोकगढी नगरपालिका–११ सागाचोकमा गएको पहिरोले एउटा किराना पसल र इन्द्रावती गाउँपालिकाको कुञ्चोकमा एक घर पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आपराधिक क्रियाकलापमा संलग्न ६५ भारतीय फरार

आपराधिक क्रियाकलापमा संलग्न ६५ भारतीय फरार

चितवन । आपराधिक क्रियाकलापमा संलग्न ६५ जना भारतीय फरार रहेका छन् ।

महिला साफ च्याम्पियनसिप उपाधि जित्ने लक्ष्यमा नेपाल

महिला साफ च्याम्पियनसिप उपाधि जित्ने लक्ष्यमा नेपाल

भुटान । पन्ध्र वर्षमुनि उमेर समूह (यू १५) को महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ ।

पर्यटन

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँची । चौबिसे राज्यअन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको हो । नेपाल एकीकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास छ ।

जीवनशैली

मुटु स्वस्थ राख्ने ८ तरिका

मुटु स्वस्थ राख्ने ८ तरिका

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

एजेन्सी । विश्वमा केही यस्ता डरलाग्दा मानवनिर्मित कुराहरु रहेका छन् जो पर्यटकका लागि निकै आकर्षकको केन्द्र बन्दै आइरहेका छन् । चीनमा पनि यस्तै एउटा पुल रहेको छ जसलाई हेर्न वार्षिक हजारौँ पर्यटकहरु जाने गरेका छन् ।